मर्निङ वाकमा ननिस्किँन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोध

काठमाडौँ । काठमाडौं उपत्यकामा बढेको वायु प्रदूषणलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मर्निङ वाकमा ननिस्किँन अनुरोध गरेको छ ।

मन्त्रालयले वायू प्रदूषणका कारण जनस्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै घरबाहिर नबस्न तथा केही दिन मर्निङ वाकमा समेत ननिस्किँन अपिल गरेको हो ।

घर बाहिर निस्किँनै परे कोभिड९१९ का लागि तोकिएका स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

शुक्रबार साँझ पाँच बुदे अपिल जारी गर्दै मन्त्रालयले प्रदूषणको मात्रा बढेकाले धुवाँ उड्ने खालका सफाइका काम तथा व्यावसाय, निर्माण कार्य केहीदिन रोक्न समेत अपिल गरेको छ।