नेपालको बंगलादेशविरुद्ध २ गोल

काठमडौं । काठमाडौंमा भइरहेको त्रिदेशीय कप फुटबलको फाइनलमा नेपालले बंगलादेशविरुद्ध २ गोल गरेको छ ।

१८ औं मिनेटमा सञ्जोग राईको गोलमा अग्रता लिएको नेपालका लागि विशाल राईले ४२ औं मिनेटमा गोल गरे ।

त्रिदेशीय फुटबलको लिग चरणका दुबै खेलमा गोल गर्न नसकेको नेपालले यो १८ महिनापछि पहिलो पटक गोल गरेको हो ।

पछिल्लो पटक सन् २०१९ को सेप्टेम्बरमा भएको विश्वकप छनोटमा अञ्जन विष्टले चाइनिज ताइपेईविरुद्ध गोल गरेका थिए ।