विनामास्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश निषेध

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशका लागि अब अनिवार्य मास्क लगाउनुपर्ने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय, सुरक्षाकर्मी र अन्य सरोकारवाला निकायको बैठकले मास्कविना विमानस्थल प्रवेशमा निषेध गर्ने निर्णय गरेको हो ।

मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।