काठमाडौँ उपत्यकामा असिनासहित वर्षा

काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रबार अपराह्न असिनासहित वर्षा भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु र पश्चिमी न्यून चापीय रेखाको प्रभावले वर्षा भएको हो ।

महाशाखाका अनुसार काठमाडौँ उपत्यकासहित सुदूरपश्चिमका पहाडी जिल्ला र प्रदेश १ का केही जिल्लामा पनि वर्षा भएको छ ।

प्रिमनशुन हिजो बेलुकादेखि शुरु भएको र अझै १-२ दिन यसको प्रभाव जारी रहने मौसमविद् वरुण पौडेलले खबरहबलाई जानकारी दिए ।

उनले भने, ‘हिजो बेलुकादेखि प्रिमनसुन शुरु भएको छ, यसको प्रभाव अझै केही दिन देखिने छ, केही ठाउँमा अहिले मेघ गर्जन/चट्टयाङ्ग/हावाहुरी सहित वर्षा भएको छ ।’

उनले अहिले पूर्वी पहाडी जिल्ला र गण्डकी प्रदेशका केही जिल्लामा पनि वर्षा भइरहेको छ ।