कोरोनाको तेस्रो लहर शुरु हुने लक्षण देखियो ; प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार एक भिडियो सन्देश जारी गर्दै नेपालमा कोरोना महामारीको तेस्रो लहर छिट्टै शुरु हुने लक्षण देखिएको बताएका छन् । देउवाले सरकारको एक्लो प्रयासले मात्र महामारीसँग लड्न सम्भव नभएकाले सबै मिलेर यसलाई पार लगाउनुपर्ने पनि बताए ।

प्रधानमन्त्री देउवाले अत्यन्त आवश्यक परेका बेला मात्र घरबाहिर निस्कन र घरबाहिर निस्कदा मास्क लगाउन, भौतिक दूरी कायम गर्न र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।

महामारी नियन्त्रण गर्ने प्रभावकारी माध्यम खोप रहेको भन्दै उनले खोप लगाउन जाँदा स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले राजनीतिक दल, निजी क्षेत्र र गैर सरकारी संस्थाहरुलाई भीडभाड हुने गतिविधि नगर्न पनि आग्रह गरेका छन् ।