नेकपा (माओवादी केन्द्र)ले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीको संख्या टुङ्गो लगाएको छ । आज बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने भएको छ ।

बैठकले पारित गरेको विधान अनुसार पार्टीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछ ।

स्थायी कमिटी बैठकको प्रस्तावलाई आज बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो ।

महाधिवेशनका लागि जिल्लाबाट प्रतिनिधिहरू काठमाडौं आइसकेका छन् । मनोनीतसहित प्रतिनिधि एक हजार ६३१ जना रहने व्यवस्था गरिएको छ ।

आइतबारदेखि सुरु हुने महाधिवेशन ३ दिनसम्म चल्ने तय गरिएको भए पनि ५ दिनसम्म जानसक्ने जनाइएको छ ।