हिमपातमा परी २ जना बेपत्ता

काठमाडौं । उच्च हिमाली भेगमा हिमपातमा परि २ जना बेपत्ता भएका छन् ।

मनाङको नासो गाउँपालिका लुम्रुचोकस्थित भेडिगोठ गएका एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सोही गाउँपालिकाका ५५ वर्षीय आच्यो गुरुङ रहेका छन् । घर फर्कने क्रममा दिउँसो १ बजेबाट फेम्रो जङ्गलबाट गुरुङ बेपत्ता भएका हुन् । उनीसँगै गएका दुई जना घर फर्किसकेका छन् ।

सोमबारदेखि निरन्तर हिमपात भएकाले हिमपहिरोमा परेको प्रहरीको अनुमान छ । बेपत्ता गुरुङको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

यता, म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर–१ मा अर्का एक जना बेपत्ता भएका छन् भने तीन जना अलपत्र परेका छन् । बेपत्ता हुनेमा ५० वर्षका रामबहादुर छन्त्याल रहेका छन् । रामबहादुरसहित गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक अलपत्र परेका छन् ।