प्रधानमन्त्री कप टी–२० क्रिकेट आजदेखि, १० टीमको सहभागिता

काठमाडौं । आजदेखि सुरु हुने प्रधानमन्त्री कप टी–२०क्रिकेट प्रतियोगितामा १० टीमले प्रतिष्पर्धा गर्दैछन् । काठमाडौंमा हुने प्रतियोगिता अन्तर्गत पहिलो दिन चार खेल हुनेछन् ।

टियु क्रिकेट मैदानमा हुने उदघाटन खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेश विरुद्ध खेल्नेछ । त्यसैगरी टियु मैदानमै दोस्रो खेल नेपाल एपीएफ क्लब र प्रदेश नं.२ बीच हुनेछ ।

यता मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र सुदुरपश्चिम प्रदेशबीच पहिलो खेल हुनेछ । मुलपानीमै दोस्रो खेल बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच हुनेछ । प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा आर्मी क्लब, कर्णाली प्रदेश, पुलिस क्लब, सुदुरपश्चिम प्रदेश र प्रदेश नं। १ रहेका छन् । त्यसैगरी समूह ‘बी’ अन्तर्गत एपीएफ क्लब, प्रदेश नं। २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।

दुबै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ । नेपाल क्रिकेट संघ ९क्यान० ले यसलाई ओमानमा हुने आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि खेलाडी छनोट गर्ने प्रतियोगिताको रुपमा समेत लिएको छ ।