आजदेखि न्यूरोड प्रवेश गर्ने चारपांग्रे सवारी साधनलाई खुलामञ्चमा पार्किङको व्यवस्था

काठमाडौं । आजदेखि काठमाडौंको न्युरोड प्रवेश गर्ने सबै प्रकारका चारपांग्रे सवारी साधनलाई रोक लगाइएको छ । चाडपर्वको समयमा हुने चाप घटाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड गेटबाट सावरी साधनलाई प्रवेश गर्न रोक लगाइने र खुला मञ्चमा पार्किङको व्यवस्था गरिएको हो ।

यात्रुवाहक, मालवाहक तथा निजी चारपांग्रे सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ । यो व्यवस्था फूलपाती अर्थात यही असोज १६ गतेसम्म कायम रहने कार्यालयले जनाएको छ ।

फूलपातीको दिनसम्म बिहान १० बजेदेखि साँझ सवारी चाप कम नभएसम्मका लागि न्युरोड प्रवेश गर्ने सवारी साधनलाई खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।