नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा को/को परे त ? (नामावलीसहित)

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा संस्थापन इतर पक्षको नामावली न्यूनमात्र परेको छ । १०९ जनाको नामावलीमा संस्थापन इतर पक्षका १३ जना मात्र छन् ।

संस्थापन इतर पक्षबाट डा। चन्द्रमोहन यादव, प्रतिमा गौतम, लीला बोखिम, टेकप्रसाद गुरुङ, केशरमान रोका, केदारनरसिंह केसी, हस्तबहादुर मल्ल, मैना रावल कार्की, उमा दाहाल, किरण कोइराला, मुख्तबहादुर महतो, नागिना यादव र मुख्ता यादव छन् ।

नेपाली कांग्रेसको बन्दसूचीको पहिलो नम्बर विमलेन्द्र निधिको नाम छ । त्यसपछि क्रमशः फरमुल्लाह मन्सुर, जीवन परियार, डा। प्रकाशरण महत र आनन्दप्रसाद ढुंगाना छन् । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा आठौं नम्बरमा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण नवौं नम्बरमा छन् ।

शेखर पक्षका नेता अर्जुन नरसिंह केसीको नाम समानुपातिक तर्फ सिफारिस गरिए पनि बन्द सूचीमा राखिएको छैन । मेडिकल कलेज सञ्चालक विवादित व्यक्ति खुमाप्रसाद अर्याल भने बन्द सूचीमा अटेका छन् ।

हेर्नुहोस् सूची