भ्रष्टाचारको मुद्धा खेपिरहेका गच्छदारविरुद्ध उजुरी

मनोनयन खारेजीको माग

काठमाडौं । ललिता निवास भ्रष्टाचारको मुद्धा खेपिरहेका विजयकुमार गच्छदारले नेपाली कांग्रेसबाट सुनसरी क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराएपछि काठमाडौं वडा नम्बर ७ का विवेक अधिकारीले निर्वाचन आयोगमा उजुरी दिएका हुन् । गच्छदार बिरुद्ध मनोनयन खारेजी गर्न माग गर्दै अधिकारीले उजुरी दिएका हुन् ।

‘गच्छदारले २०४८ सालदेखि पटकपटक त्यस क्षेत्रबाट निर्वाचित हुँदा राज्य शक्ति पद र पैसाको व्यापक दुरूपयोग गर्दै जनतालाई धम्क्याउँदै डर त्रास र प्रलोभन देखाएर निर्वाचन जितेको र मतगणनामा व्यापक धाँधली समेत गरेको भन्दै सर्वोच्चमा मुद्दा विचाराधीन छ,’ उजुरीमा भनिएको छ, ‘निजमाथि लागेको आरोप फैसला नहुन्जेल निर्वाचनमा भाग लिन रोक लगाइयोस्।’

त्यस उजुरी सुनसरीको निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको आयोगले जनाएको छ। ललिता निवास प्रकरणमा गच्छदार १० लाख रूपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।