दशैँपछि खुलेको नेप्से दोस्रो दिनमा २७ अङ्कको गिरावट

काठमाडौं । दसैँपछि आइतबार खुलेको सेयर बजारमा ४४ अङ्कमाथिको वृद्धि भएको थियो । तर, लगत्तै दोस्रो दिन २७ अङ्कमाथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २७.१६ अङ्कले घट्दै १८७१.२२ अंकमा झरेको हो ।

यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.३६ अङ्कले घट्दै ३६६.८४ अंकमा झर्न पुगेको छ । २७ अंकमाथिले घटेको बजारमा आज जम्मा ९७ करोड १७ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।

आज म्युचुअल फन्ड बाहेकका १२ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी डेभलपमेन्ट बैंक समूहको २.६५ प्रतिशतले घटेको छ भने फाइनान्स र हाइड्रोपावर समूहको उपसूचक क्रमशः २.३९ प्रतिशत र २.१५ प्रतिशतले घटेका छन् ।