सत्यमोहन जोशीको अवस्था चिन्ताजनक

काठमाडौं । असोज २३ गतेदेखि उपचाररत शताब्दी पुरुष सत्यमोहन जोशीको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । जोशी उपचाररत किष्ट अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले सोमबार जारी गरेको विज्ञप्तिमा जोशीको समग्र स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको र अवस्था चिन्ताजनक रहेको उल्लेख गरिएको छ।

आज दिएसो ३ बजे अस्पतालले जारी गरेको विज्ञप्तिमा लेखेको छ, ‘जोशीलाई असोज २३ गतेदेखि छातीमा निमोनियाको संक्रमण भएकाले एन्टिबायोटिक सुरु गरिएको छ । यस्तै मुटुको चालसम्बन्धी समस्या देखापरेकाले आईसीयूमा राखेर उपचार भइरहेको ।