टिकट बाँडफँटमा असन्तुष्ट बनेका शेखर समूहले पार्टी कार्यालयमा धर्ना दिँदै

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षधरले आज पार्टी कार्यालय सानेपामा धर्ना दिँदैछन् । गत सोमबार विहान ठमेलमा बसेको कोइराला पक्षको बैठकले असोज १२ गते केन्द्रीय कार्यालय सानेपामा धर्ना गर्ने निर्णय गरेको थियो ।

उनीहरुले पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायको निम्ति धर्ना दिन लागेको बताएका छन् । शेखर कोइराला समूहले समानुपातिकको बन्दसूचीमा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको आरोप लगाउँदै आएको छ । उनीहरुले असोज १४ गतेसम्म समानुपातिक बन्दसूची सच्याउन आग्रह गरेको छ ।