दसैँअघि सेयर कारोबार हुने आज अन्तिम दिन

काठमाडौं । दसैँ​अघि सेयर कारोबार गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । शुक्रबार र शनिबार सेयर बजार बन्द रहनेछ।

आइतबारबाट असोज २२ गतेसम्म भने दसैँको विदा सुरु हुन्छ । यस कारण सेयर बजारका लगानीकर्ताले पनि भोलिबाट विदा पाउनेछन् ।

दसैँमा सरकारले सार्वजनिक विदा दिएकाले अब नेप्से करिब १ साताका लागि बन्द रहनेछ । अब नेप्से असोज २३ गते आइतबारदेखि खुल्नेछ ।