लगातार ओरालो लाग्दै नेप्से २३ सयको विन्दुमा झर्‍यो

काठमाडौं । कारोबार हुने साताको तेस्रो दिन शेयर बजारमा ३४ अंकको गिरावट आएको छ । आज मंगलबार बजार परिसूचक नेप्से ३४.७८ अकंले ओरालो लागेर २३८५.०२ विन्दुमा थामिएको हो । बजार खुल्नेबित्तिकै चार अंकले बढेको नेप्से त्यसपछि ओरालो लागेको हो । सोमबार पनि नेप्सेमा ४४ अंकको गिरावट आएको थियो ।

ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्समा पनि मंगलबार करिब ६ अंकको गिरावट आउँदा ४४९ विन्दुमा झरेको छ । यसमा सोमबार ९ अंकको गिरावट आएको थियो ।

मंगलबार २ सय ३७ कम्पनीको ३७ लाख ८३ हजार २४ कित्ता शेयर कारोबार हुँदा १ खर्ब ५२ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ ।