सिटिजन्सका ग्राहकले मोबाइलबाटै मोबाइल बैंकिङ पिन रिसेट गर्न सक्ने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मोबाइलबाटै मोबाइल बैंकिङको पिन रिसेट गर्ने सुविधाको सुरुवात गरेको छ ।

ग्राहकले अब मोबाइल बैंकिङको पिन नम्बर बिर्से बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुने बैंकले जनाएको छ ।

हालको विषम् परिस्थितिलाई लक्षित गरी बैंकले आफ्ना ग्राहकलाई सहज रुपमा आधारभूत बैंकिङ सेवा प्रदान गर्नै र डिजिटल माध्यमबाट कारोबार गर्न सहयोग पुर्‍याउने उद्देश्यसाथ यो सेवाको सुरुवात गरेको जनाएको छ ।

यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने, डिजिटल बैंकिङ सभ्यताको विकास हुने, कोभिड रोग नियन्त्रणमा सहयोग पुग्‍ने विश्‍वास बैंकले लिएको जनाइएको छ ।