सुनको मूल्य एकै दिन २२०० ले बढ्यो, प्रति तोलामा ८० हजार ५०० पुग्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २२०० ले बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन रु २२०० ले बढेर तोलामा ८० हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

यसअघि मंगलबार सुन तोलामा ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ८० हजार २०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यता बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ८६० रुपैयाँ प्रतितोलाका दलले कारोबार भएको चाँदी बुधबार ८८० रुपैयाँ प्रतितोलामा कारोबार भएको हो ।