बाबुराम र नारायणकाजीलाई दायाँबायाँ राखेर प्रचण्ड गोरखातिर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नो र नारायणकाजी श्रेष्ठको बीचमा राखेर खिचिएको तस्विर सार्वजनिक गर्दै डा. भट्टराईले उम्मेदवार दर्ताका लागि गोरखा जाँदै लेखेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष मनोनयन दर्ताका लागि नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ दुवैलाई साथ लिएर गोरखा लागेका हुन् ।

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत् आफूहरु गोरखा जान लागेको जानकारी गराएकासँगै दाहालले भट्टराई र श्रेष्ठलाई साथै लिएर गोरखा २ बाट उमेदवारी दर्ता गराउँदैछन् ।