इलामबाट को–को बने त उम्मेदवार ?

इलाम । सत्ता गठबन्धन र गठबन्धन इतरका दलहरुले इलाममा प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवारहरु तय गरेका छन् । गठबन्धनबाट इलाम १ मा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र २ बाट कांग्रेस जिल्ला सभापति डम्बर खड्का उम्मेदवार हुने भएका छन् । त्यस्तै नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिँदै छन् भने इलाम क्षेत्र नम्बर २ बाट इलाम नगरपालिकाका निवर्तमान मेयर महेश वस्नेत उम्मेदवार हुने भएका छन् ।

इलाम क्षेत्र नम्बर १ को प्रदेशतर्फ (क) मा एकीकृत समाजवादीका खिनु लङवा र प्रदेश (ख) मा कांग्रेसका शमशेर राई उम्मेदवार भएका छन् । यस्तै इलाम क्षेत्र नम्बर २ को प्रदेश (क) मा कांग्रेसका गोविन्द गिरी र प्रदेश (ख) मा माओवादीका हर्क लाओती कान्छा उम्मेदवार भएका छन् । प्रदेश (ख) मा यसअघि चर्चामा रहेका नारायण गुरुङ सौरभ अन्तिम समयमा रिङ आउट भएका छन् ।

नेकपा एमालेको तर्फबाट इलाम क्षेत्र नम्बर १ को प्रदेश (क) मा शोभा पराजुली (ख) मा दिपक थेवेले टिकट पाएका छन् भने इलाम क्षेत्र नम्बर २ को प्रदेश (क) मा गणेश बराल रहेका छन् भने (ख) मा राम रानाले उम्मेदवारी दिँने भएका छन् ।