एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले हटाए जसपाका मन्त्रीहरु

काठमाडौं । सक्ता गठबन्धनमा कुरा नमिलेपछि जनता समाजवादी पार्टीले एमालेसँग चुनाव केन्द्रीत गठबन्धन गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाबाट मन्त्री बनेकाहरूलाई हटाएका छन् ।

बिहीबार प्रधामन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई पदमुक्त गरेकी हुन् ।

प्रधामन्त्रीको सिफारिसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई पदमुक्त गरिएको हो ।

ती मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री देउवाले आफैँ सम्हाल्ने भएका छन् ।