उम्मेदवारहरुको निर्वाचन खर्च नेपाल प्रहरी र अनुसन्धान विभागबाट संकलन गरिने

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार तथा राजनीतिक दलको निर्वाचन खर्च नेपाल प्रहरी र अनुसन्धान विभागबाट संकलन गरिने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा हुने खर्च लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं भयरहित बनाउन निर्वाचन आयोगले कडाइका साथ निर्वाचन आचारसंहिता कार्यान्वयन गराउन विवरण संकलन गर्ने भएको हो ।

आयोगले विज्ञप्तिमा लेखेको छ ‘निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (२) मा सो दफाको उपदफा (१) को खण्ड (ज) विपरीत कसैको निजी घरजग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राखेमा सम्बन्धित उम्मेदवारलाई स्पष्टीकरण सोधी चौबीस घण्टाभित्र त्यस्तो सामग्री हटाउन वा त्यस्तो स्थान दुरुस्त गर्न लगाउने र सो बमोजिम नगरेमा निजलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) वा (४) बमोजिम जरिबाना गर्ने तथा उम्मेदवारी रद्द गर्ने कारबाही गर्न निर्देशन दिने छ ।’