एमालेको चुनावी घोषणापत्रलाई अन्तिम रुप दिन ओली लाँकुरी भञ्ज्याङमा (फोटो फिचर)

काठमाडौं । आसन्न मंसिर ४ गते सम्पन्न हुँदै गरेको प्रतिनिध एवं प्रदेश सभाको निर्वाचन केन्द्रीत नेकपा एमालेको घोषणापत्रलाई अन्तिम रुप दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ललितपुरको लाँकुरी भञ्ज्याङ पुगेका छन् ।

पार्टीको चुनावी घोषणापत्रबारे छलफल गर्न अध्यक्ष ओली महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक सुशील ज्ञवाली लगायत नेताहरुलाई लिएर शनिबार लाँकुरी भञ्ज्याङको द टेरेसेस रिसोर्ट पुगेका हुन् ।

अध्यक्ष ओलीले घोषणापत्रमा समेट्नका लागि आम जनतासँग सार्वजनिक रुपमा सामाजिक सञ्जालमार्फत सुझाव पनि मागेका थिए । उनले शुक्रबार मात्रै प्राप्त सुझावको अध्ययन गरिरहेको सामाजिक सञ्जालमार्फत जानकारी पनि गराएका थिए ।

अध्यक्ष ओलीले लाकुरी भञ्ज्याङ पुगेर पिङ खेलेर मजा लिएको तस्विर भिडियो पनि उनको सचिवालयले सार्वजनिक गरेको छ ।

तस्विरहरु: