देउवा भन्छन्, ‘गठबन्धन १०–२० वर्ष जानसक्छ’

बुटवल । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुटवलमा गरेको प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै वर्तमान सत्ता गठबन्धन अझै १०–२० वर्ष कायम रहन सक्ने बताएका छन् ।

‘धेरै ठूलो लडाइँपछि संविधानले दिएका संघीयता,गणतन्त्र,समावेशीता समाप्त पार्ने प्रयास भइरहेको छ’, देउवाले भने, ‘चुनावपछि गठबन्धनकै सरकार बन्ने हो,यो १०–२० वर्षसम्म जानसक्छ ।’

टिकट नपाएर असन्तुष्ट बनेकाहरुलाई लक्षित गर्दै देउवाले अहिले टिकट नपाएकाहरुलाई संघीय र प्रदेश सरकारमा धेरै ठाउँमा अवसर हुने आश्वासन दिए ।

सत्ता गठबन्धनको विरुद्ध राष्ट्रवादीको नाममा राजावादी शक्ति लागेको देउवाको आरोप छ । गठबन्धनका विषयमा शंका उपशंका गर्ने गराउने अवस्था आउन नदिन देउवाले बारम्बार आग्रह गरे ।