पूर्वी नेपालमा स्यान्डविच प्यानलको घर बन्न थाल्यो

काठमाडौं (पास)– पूर्वी नेपलको ईटहरी, दमक, विर्तामोड, सुरुङ्गा, इलाम र पाँचथरमा भूकम्प प्रतिरोधात्मक कोरियाली प्रविधिबाट बनाईएको स्यान्डविच प्यानलको घर बन्न थालेको छ ।

नेपालमा नै पहिलो पटक चितवनको रत्ननगर नगरपालिका वडा नं. १४ मा कोरियन लगानीमा खोलिएको उद्योगको पूर्वाञ्चल डिलर दमकमा काम गरिरहेको ‘भिलेज कन्स्ट्रक्सन प्रालि’का प्रवन्ध निर्देशक योगिन श्रेष्ठले पूर्वी नेपालमा माग बढीरहेको बताएका हुन् ।

सुरक्षित र घर स्मार्ट घरको सपना भन्ने नारा सहित कोरियाली स्यान्डविच (एसवाई ग्रुप)ले भूकम्प प्रतिरोधात्मक र वातावरणमैत्री स्याण्डविच प्यानल, यू पिभिसि झ्याल र स्टिल ढोका लगायतका समपूर्ण घर निर्माणका सामाग्री उत्पादन गर्दै आएको छ ।

थोरै लगानिमा घर निर्माण गर्न सकिने, भूकम्प प्रतिरोधी, बिभिन्न रंगहरुमा निर्माण गर्न सकिने, ५० बर्षसम्म खपत हुने, छोटो समयमा निर्माण कार्य सम्पन्न गर्न सकिने, सुन्दर र स्मार्ट देखिने भएकोले यसको पूर्वी नेपालको विशेषतः सहरहरुमा र केही सार्वजिनक भवन निर्माणका लागि माग भएको श्रेष्ठले बताए । अस्थायी वा स्थायी रुपमा घर निर्माण गर्न सकिने, सार्बजनिक भवनहरु र औद्योगिक भवनहरु पनि निर्माण गर्न सकिने उनले बताए । दमक कार्यालय ०२३–५८५५४१ मा सम्पर्क गरेर थप जानकारी लिन सकिनेछ ।

नमुना घरहरु यस्तो छ ।