सिन्डिकेट विरुद्ध मन्त्री महसेठको कडा स्टाटस

काठमाडौं (पास)– भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले समाजिक सञ्जालमा सिन्डिकेटधारी यातायात व्यासायीविरुद्ध निकै कडा स्टाटस पोष्ट गरेका छन् ।

आजदेखि अनिश्चितकालिन यातायात हड्तालमा उत्रिएका यातायात व्यवसायीविरुद्ध शुक्रबार ‘आफू जाने गन्तब्यसम्म आफ्नो सवारीमा अट्ने यात्रु राखेर आफूलाई पायक पर्ने ठाउँसम्म लिफ्ट दिई सहयोग गर्नुस अरु सिन्डिकेट तोड्ने काम हामी गर्छौ ।’ भन्ने चुनौतीपूर्ण अभिव्यक्ति दिएका हुन् ।

सरकारले केही दिन अघि मात्र अत्यावश्यक सेवामा हड्ताल निषेध गर्नेगरी राजपत्रका सूचना निकालेको छ । ऐनमा ६ महिनासम्म कैदसम्म गर्न सकिने व्यवस्था छ । हड्ताल गर्न उक्काउनेलाई एक वर्षसम्म कैद सजायको गर्न सकिन्छ ।