यातायात मन्त्रीकै गाडी खोलामा डुबेपछि…

काठमाडौं- भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठको गाडी सहरे खोलाको पुलको शिलन्यास गरी फर्कने क्रममा खोलामा डुबेको छ ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ३ घट्टे दरौँ खोलामा डुबेको बा २ झ ४०२९ नम्बरको मन्त्रीको गाडी खोलामा डुवेको हो ।

गाडी खोलामा डुबे पनि मन्त्रीलाई सकुशल बाहिर निकालिएको छ भने गाडीलाई जेसिबीको सहायताले बाहिर निकालिएको छ ।