ढुंगेसाँघुमा धार्मिक पर्यटनस्थलको निर्माण गरिने

काठमाडौं– ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ ढुंगेसाँघुमा धार्मिक पर्यटनस्थलको निर्माण गरिने भएको छ ।

स्थानीय र विभिन्न धार्मिक संघ–संस्थाको पहलमा उक्त स्थानमा धार्मिक पर्यटनस्थल निर्माण गरिन लागिएको हो ।

ढुंगेसाँघुमा मुक्तिनाथजस्तै १०८ ओटा धारा एवं दुईओटा पोखरीसमेत हुबहु निर्माण गरिने जनाइएको छ ।

यसै अवसरमा शनिबार पशुपतिनाथ कल्याणकारी कोषले कलशयात्रा आयोजना गर्‍यो ।

गोदावरी जलकुन्डबाट निकालिएको कलशयात्रा नगरको विभिन्न ठाउँका परिक्रमापछि ढुंगेसाँघु पुगेर सकिएको थियो ।

कलशयात्रामा झन्डै ३ हजार भक्तजन सहभागी थिए ।