पाल्पाली समाज युएईको अध्यक्षमा बेदप्रसाद अर्याल

लालबहादुर ढेंगा
युएई– ‘एक्काईसौं शताब्दीको आवश्यकता शीप र ज्ञान, युएईको माटो सुहाउंदो पाल्पालीको अभियान’ भन्ने नाराका साथ गएको ३ नोभेम्बर शुक्रबारका दिन दुबईको विडरेन्ज रेष्टुरेण्टमा पाल्पाली समाज युएईले दोस्रो महाधिवेशन–२०१७ भव्यताका साथ सम्पन्न गरेको छ । खुम आलेको अध्यक्षतामा रहेको पहिलो कार्यकाल सकिएपछि दोस्रो कार्यकालका लागि सो महाधिवेन गरेको हो ।
उक्त महाधिवेशनको प्रमुख अतिथिमा नेपाली समाज युएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटा रहनु भएको थियो भने महाधिवेशनको अध्यक्षता निवर्तमान अध्यक्ष खुमबहादुर आलेले गर्नु भएको थियो । त्यसैगरी अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, व्यवसायी, बुद्धिजीवी र पत्रकारहरु रहेका थिए । सो महाधिवेशनलाई निवर्तमान महासचिव बेदप्रसाद अर्यालले संचालन गर्नु भएको थियो ।
नयां कार्यसमिति निर्वाचन गर्नुका लागि गीतामणि पाण्डेको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति समेत गठन गरेका थिए । जसमा संयोजकमा गीतामणि पाण्डे उपसंयोजकमा कृष्ण भट्टराई र सदस्यमा लालबहादुर ढेंगा रहेका थिए ।
सो निर्वाचन समितिले आगामी २०१७–२०१९ दुई बर्षे कार्यकालका लागि बेदप्रसाद अर्यालको अध्यक्षतामा ३५ सदस्यीय नयां कार्यसमिति निर्वाचित गरेको छ । जसमा क्रमशः अध्यक्षमा बेदप्रसाद अर्याल, वरिष्ठ उपाध्यक्षमा ओमकुमारी खांड, प्रथम उपाध्यक्षमा कैलाश अर्याल, उपाध्यक्षमा गुमबहादुर राम्जाली, उपाध्यक्षमा रमेशप्रसाद सापकोटा, महासचिवमा धनबहादुर क्षेत्री, सचिवमा बिष्णु खनाल, कोषाध्यक्षमा खुमप्रसाद न्यौपाने, सहकोषाध्यक्षमा राजेश गैरे र प्रवक्तामा युवी भट्टराईलाई निर्वाचित गरेको छ ।
त्यसैगरी अन्य सदस्यको पदमा हिरा कुमाल, राजन पाल्पाली, मैया बस्याल, अमर कार्की, राजु बस्याल, सीता बस्याल, राजा बगर, टंक परियार, कृष्ण गैरे, बिष्णु घर्ती मगर, दिल्लीराज भट्टराई, लीलबहादुर थापा, कालिका अधिकारी, कृष्णप्रसाद तिमल्सेना, बिष्णु अधिकारी, कुम सारु मगर, दुर्गा न्यौपाने, कुल केसी, बिनोद सेन, बिष्णु ढकाल, बिष्णुप्रसाद बस्याल, खेमबहादुर बयाम्बु, खेम रास्कोटी मगर, माधवप्रसाद पौडेल, श्याम गन्धर्व रहेका छन् ।
सन् २०१५ मा पाल्पालीवासीहरुको पहलमा स्थापना भएको पाल्पाली समाज युएईले युएईस्थित क्रियाशिल रहेका विभिन्न संघ संस्थाहरुसंग सहकार्य गर्दै उद्धार तथा आर्थिक सहयोग कार्यहरुमा धैरे सहयोग गरेको उदाहरणहरु देख्न पाईन्छ । सोही महाधिवेशनको अवसरमा बार्षिक प्रतिवेदन निवर्तमान महासचिव बेदप्रसाद अर्याल, संगठानिक प्रतिवेदन निवर्तमान सचिव धनबहादुर क्षेत्री र आर्थिक प्रतिवेदन निवर्तमान कोषाध्यक्ष कैलाश अर्यालले प्रस्तुत गर्नु भएको थियो ।