चीनले ब्रिटेनबाट सुँगुरको शुक्राणु मगाउँदै

चीनले सुँगुरको संख्या बढाउने उद्देश्यले ब्रिटेनबाट ठूलो मात्रामा सुँगुरको शुक्राणु खरिद गर्न लागेको छ । त्यसका लागि चीनले ब्रिटेनसँग दुई लाख पाउण्ड बराबरको सम्झौता गरेको छ ।

ब्रिटेन युरोपेली संघ (इयु) बाट अलग हुने प्रक्रिया थालेपछि पछिल्लो सम्झौता भएको हो ।

उत्तरी आयरल्याण्डबाट सुँगुरको शुक्राणु पाँच हजार माइलको उडानपछि चीन पुग्नेछ ।

विदेशी प्रतिभालाई किन आकर्षित गर्दैछ चीन ?

स्पीयरहेड चीन लिमिटेडका अध्यक्ष विलियम आर्थर स्पीयर्सले भने, ‘ब्रिटेनका लागि ब्रेक्जिट राम्रो कुरा भयो। चीनको लागि पनि त्यो राम्रो अवसर हो । चीनमा सुँगुरका लागि ठूलो बजार हो ।’

‘दुर्भाग्यवश चिनियाँहरू छिट्टै पैसा कमाउन चाहन्छन् जबकि ब्रिटिश किसानहरू गुणस्तर र धेरैधन्दा धेरै सुँगुरको बच्चा उत्पादन गर्नमा ध्यान केन्द्रित गरिरहेका छन् ।’

व्यावसायिक रूपमा ठूलो संख्यामा सुँगुर उत्पादन गर्दै आएको ब्रिटेनसँग इतिहास छ ।

उनीहरूका लागि उच्च प्रजनन विधिको विकास गर्न सजिलो छ । सुँगुरको शुक्राणुलाई तरल नाइट्रोजन क्यानमा जमाएर राखिन्छ ।

बढी नाफा

एउटा चिनियाँ सुँगुर उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने, ूउत्तरी आयरल्याण्डको सुँगुरको प्रजाति निकै राम्रो हुन्छ । त्यसकारण हामीलाई त्यसबाट बढी नाफा हुन्छ । अन्य सुँगुरको तुलनामा त्यो प्रजातिको सुँगुरलाई १० प्रतिशतले कम खानेकुरा चाहिन्छ।’

सरकारी नियमहरूका कारण चिनियाँ बजारमा प्रवेश पाउन गाह्रो छ ।

तर ब्रेक्जिटका कारण कतिपय कम्पनीहरूले नयाँ अवसर पाउने आशा गरिएको छ ।

ब्रिटिश प्रधानमन्त्री टरिजा मेले बुधवारदेखि चीनको भ्रमणमा छिन् ।

आफ्नो भ्रमणका क्रममा उनले ब्रेक्जिटपछि चीनसँगको व्यापारिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिने अपेक्षा गरिएको छ । बीबीसी