तपस्वी रामबहादुर बम्जनमाथि बलात्कारको आरोप

काठमाडौं– ‘लिटिल बुद्ध’को नामले प्रचलित तपस्वी रामबहादुर बम्जनमाथि आश्रममै ‘आनी’माथि १८ पटक बलात्कारको आरोप छ ।

बम्जनले एउटी किशोरीलाई १८ पटक बलात्कार गरेको खुलासा भएको हो । पीडित किशोरीले शनिबार साँझ काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बम्जनले पटकपटक बलात्कार गरेको आरोप लगाएकी हुन् ।

सर्लाहीबाट आनी बन्न गएकी ती किशोरीलाई बमजनले १८ पटक बलात्कार गरेको र फुत्किएर आएर काठमाडौंमा पत्रकार सम्मेलन गरेको बताइन् । पत्रकार सम्मेलनपछि किशोरी साँझ जावलाखेल प्रहरीमा उजुरी गर्न पुगेकी छिन् ।

बमजनले यसअघि हलखोरिया वनमै तपस्या गर्ने क्रममा आफ्नै आमा र परिवारलाई कुटेको, विदेशबाट आएको महिलालाई बन्धक बनाएको समाचार पनि बाहिर आएका थिए ।