ढाकास्थित एक भवनमा आगलागी, १७ जनाको मृत्यु

ढाका, बङ्गलादेश– बङ्लादेशको राजधानी ढाकास्थित एक गगनचुम्बी महलमा बिहीबार आगलागी हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको स्थानीय अधिकारीले जनाएका छन् ।

भवनमा काममा व्यस्त रहेका नागरिकहरूलाई समयमा उद्धार गर्न आवश्यक उद्धार सामग्रीको अभाबमा धेरै व्यक्तिले ज्यान गुमाउनु परेको एक प्रत्यक्षदर्शीले जनाएका छन् ।

“आगलागीमा परी ज्यान गुमाउने मृतकको सङ्ख्या अहिलेसम्म १७ पुगेको छ,” अग्नी नियन्त्रक खर्सिद आलमले एएफपीलाई बताए ।

यद्यपि चिनियाँ समाचार संस्था, सिन्ह्वा न्यूज एजेन्सीले मृतकको सङ्ख्या १९ पुगिसकेको बताएको छ ।

समाचार तयार पार्दासम्म उद्धार कार्य जारी रहेको र आगोले जलेको अवस्थामा अस्पताल पु¥याइएका गम्भीर घाइतेको सङ्ख्या थुप्रै रहेकोले मृतकसङ्ख्या थप बढ्नसक्ने बङ्गलादेशका अधिकारीहरूले जनाएका छन् ।

भवनमा आगलागी फैलिन थालेपछि कतिपय व्यक्तिले आत्तिएर भवनका माथिल्ला तलाबाटै हाम फालेका घटनास्थलमा प्रत्यक्षदर्शीले बताए ।

आगलागीबाट घाइते दर्जनौँ व्यक्तिलाई राजधानीस्थित विभिन्न अस्पतालमा उपचार भैरहेको छ । घटनाको कारणअ अझै खुल्न सकेको छैन । एएफपी