बुर्किना फासोमा आतंकवादी हमलामा, ११ सैनिकको मृत्यु

एजेन्सी । पश्चिमी अफ्रिकी मुलुक बुर्किना फासोमा भएको आतंकवादी हमलामा ११ सैनिकको मृत्यु भएको छ ।

घटनामा ५० जना सर्वसाधारण सम्पर्कबिहीन भएका छन् । बुर्किना फासोको जिबो सहरतर्फ जाँदै गरेको एक समूहलाई साहेल क्षेत्रको साउम प्रान्तमा आतंकबादी समूहले आक्रमण गर्दा ११ सैनिकको मृत्यु भएको हो ।

बुर्किना फासोमा सन् २०१५ यता सुरक्षा अवस्था बिग्रिएको छ । पश्चिम अफ्रिकी यस राष्ट्रमा बिगतमा भएका आक्रमणहरूमा ११ सयभन्दा बढीको मृत्यु भइसकको छ भने १९ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।