भारतमा एकैदिन थप ९६ हजार ५५७ जनामा संक्रमण पुष्टि

एजेन्सी । भारतमा थप ‍९६ हजार ५५७ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

यो संख्या सोमबारको तुलनामा कम हो । यसअघि (सोमबार) चैत्र २३ मा भारतमा अहिलेसम्मकै धेरै १ लाख ३ हजार ७९३ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २६ लाख ८४ हजार ४७७ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १७ लाख ३० हजार ४५ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ७ लाख ८८ हजार ८५५ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६५ हजार ५७७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ४४५ जनाको मृत्यु भएको छ ।