तामाकोशी नदीमा वेपत्ता सहचालकको शव फेला

दोलखा । दोलखा जिल्लाको विगु गाउँपालिका ४ स्थित बलिटारमा ट्याक्टर दुर्घटनामा परी तामाकोशी नदीमा बेपत्ता भएका ट्याक्टरका सहचालक अनन्तबहादुर खड्काको शव फेला परेको छ ।

सोमबार खड्काको शव सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारेको हो । खड्का सोही जिल्लाको गौरीशंकर गाँउपालिका ५ बस्ने खड्का माघ २० गते भएको ट्याक्टर दुर्घटनामा परी सो नदीमा बेपत्ता भएका थिए ।

उनको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल नम्बर २० गण काठमाडौंबाट सशस्त्र प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्ड खटिएको गोताखोरसहितको एपीएफ टोली परिचालन भएको थियो । उनको शव घटनास्थलदेखि चारसय मिटर तल नदीमा डुबेको अवस्थामा फेला पारेको हो । एपीएफ टोलीले उनको शव स्थानीय प्रहरीलाई बुझाएको छ ।