तिम्बुङ पोखरीमा अतिक्रमण भएको भन्दै चौतर्फी विरोध, राजकुमार नाल्बोले योगेश भट्टराईलाई बाहुनबादी सोँच भन्दै यस्तो गम्भीर आरोप लगाए

काठमाडौं– पाँचथरका विभिन्न सङ्घसंस्थाले तिम्बुङ पोखरी सांस्कृतिक तथा जैविक अतिक्रमण गरिएको भन्दै विरोध जनाएका छन् । पाँचथर र ताप्लेजुङ जिल्लाको सीमा क्षेत्रमा पर्ने उक्त पोखरीको नाम परिवर्तन गर्ने उद्देश्यका साथ मन्दिर निर्माण गरिएको भन्दै ती संस्थाले विरोध जनाएका हुन् ।

तिम्बुङ पोखरीलाई प्राकृतिक र जैविकरुपमा रहन दिनुपर्ने भए पनि मन्दिर निर्माणका क्रममा कङ्क्रिट प्रयोग गरिनाले यहाँको जैविक विविधतामा समस्या आउने दाबी गरिएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ, किराँत याक्थुङ चुम्लुङ, किराँत राई यायोख्खालगायतका जातीय तथा सामाजिक सङ्घसंस्थाले अतिक्रमण रोक्न मागसमेत गरेका छन् ।

पर्यटन प्रवद्र्धनका लागि यहाँका रैथाने परम्परा, ज्ञान, संस्कृतिको प्रयोग गर्दै पर्यावरणमा सन्तुलन कायम राखेर पूर्वाधार निर्माणका कार्य अघि बढाइनुपर्ने यहाँ १८ संस्थाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । सङ्घसंस्थाले किराँत सभ्यता र संस्कृतिमाथि खलल पर्ने कार्य नगर्न, सबै सरोकारवालासँगको समन्वयमा मात्रै निर्माणका कार्य अघि बढाउन माग गरेका छन् ।

त्यस्तै पूर्व सांसद्समेत रहेका राजकुमार नाल्बोले फेसबुक स्टाटसमा निकै कडा रुपमा यस्तो लेख्छन्, ‘तिम्रो सोच बदल नत्र हामीले बदल्दिनुपर्ने हुन्छ ।’

उनले तिम्बुङ पोखरी लिम्बू जातिहरुको एक ऐतिहासिक स्थलहरू मध्येको एक हो र यसको विनास गर्न वाहुनबादी सोँच हाबी भएको पनि आरोप लगाएका छन् ।

हेर्नुहोस् उनको स्टाटस जस्ताको त्यस्तै

‘तिम्रो सोच बदल नत्र हामीले बदल्दिनुपर्ने हुन्छ र मुन्धुमको उत्पत्ति ठानिएको तिम्बुङ पोखरी, लिम्बू जातिको एक ऐतिहासिक स्थलहरू मधे हो,यस्तो ठाउमा भएको यो सांस्कृतिक अतिक्रमण मानव समाजको शान्तिको लागि खतरनाकछ, र यो निरन्तर जारी रहे यो देशमा बुद्ध जन्मेको कुनै अर्थ रहनेछैन, र यो सिंगो देशको आदिवासीहरूको लागि चुनौती पुर्ण छ, यो ऐतिहासिक स्थल टुहुरा होइन जसको नुवारन गर्नु कम्युनिस्ट नाम धारीखोल ओढेका खतरनाक बाहुनवादी सोच राख्ने योगेश भट्टराई जानुपर्ने,तिम्रो पुर्खाको इतिहास खोज लिम्बुवान र ताप्लेजुङमा अनि थाहा पाउने छौ तिमीले तिम्बुङ पोखरीको नुवारन गर्ने हैसियत छ कि छैन भनेर, सत्ताको आढमा यो राजनैतिक लामो भएको इतिहास छ,लिम्बुवान र नेपालको आदिवासी माथि यो सोच र षड्यन्त्र आजको होइन, लिम्बू समुदायको मत ले लिम्बुवान कै इतिहास मेटाउने यो कदम पुरानो नै हो, तर यसको निरन्तरता र आयु माथि तिमीहरूले सोचेको भन्दा ठुलो संकट आउनेछ, त्यसैले सोच बदल्नु होस नत्र हामीले जबर्जस्ती बदल दिनुपर्ने हुन्छ। जय तिम्बुङ पोखरी ।’