रेलमा आगलागी, कम्तिमा ४६ जनाको मृत्यु

पाकिस्तानमा एक रेलमा आगलागी हुँदा कम्तिमा ४६ जनाको मृत्यु भएको छ । पाकिस्तान रेलवेको तेज गाम एक्सप्रेसको रेलमा आगलागी भएको हो । यो रेल कराचीबाट रावलपिण्डी रुटमा चल्छ ।

रावलपिण्डीबाट छुटेको रेलमा लियाकतपुरमा आगलागी भएको हो । रेलको तीनवटा डिब्बामा आगलागी भएको हो । ४६ जनाको ज्यान गएको पुष्टि भएको र अरु ४२ जना घाइते भएको स्थानीय अधिकारीले पुष्टि गरेका छन् ।

रेलका यात्रुसँग खाजाका लागि सामग्री थियो र ग्यास सिलिन्डर पनि । सोही सिलिन्डर बिस्फोट भएर आगलागी भएको अनुमान छ । आगो अहिले नियन्त्रणमा आएको र घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको सरकारी अधिकारीले बताएका छन् ।