कोभिड देखि अझै खुलेन टिपताला नाका

ताप्लेजुङ । चीनको तिब्बतसँग जोडिएको ताप्लेजुङको उत्तरी टिपताला नाका नखुल्दा सीमावर्ती क्षेत्रका बासिन्दा समस्यामा छन् । कोभिड १९ को सङ्क्रमण सुरु भएसँगै बन्द भएको नाका नखुल्दा सीमावर्ती क्षेत्रमा बसोबास गर्नेहरूको व्यवसाय सङ्कटमा परेको छ भने दैनिकीसमेत असहज बनेको छ । तिब्बतबाटै खाद्यान्नलगायतका सामान ल्याएर उपभोग गर्ने सर्वसाधारण तथा सीमापार व्यापारमा निर्भर रहेका याङ्मा, फले, घुन्सा, […]

निर्वाचनमा पराजित भएपछि शेरधन राईको मतदातालाई गुनासो

भोजपुर । नेकपा एमालेको तर्फबाट भोजपुर जिल्लाबाट प्रतिनिधिसभाको उम्मेदवार शेरधन राई पराजित भएका छन् । राई गठबन्धनका उम्मेदवार सुदन किरातीसँग २ हजार भन्दा बढी मतान्तरले पराजित भएपछि सामाजिक सञ्जालमार्फत मतदाताप्रति गुनासो गरेका छन् । सूचना तथा सञ्चार प्रविधि मन्त्री र प्रदेश १ को मुख्यमन्त्रीसमेत भएका राईले मतदाताप्रति लक्षित गर्दै जिल्लाको विकासमा काम गर्दा पनि कामको […]

नेपाल एयरलाइन्सको आन्तरिक उडान ठप्प

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडानमा रहेको ट्वीनअटर जहाजमा प्राविधिक समस्याका कारण उडान प्रभावित भएको छ । काठमाडौँबाट भोजपुर उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै फर्काइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । जहाजमा १५ जना सवार थिए । आन्तरिक उडानमा उडानयोग्य एक मात्रै जहाजमा प्राविधिक समस्या आएपछि निगमका सम्पूर्ण आन्तरिक […]

काठमाडौँमा ५ हजार ७७९ सुरक्षाकर्मी परिचालन

काठमाडौं । मुलुकको सङ्घीय राजधानी काठमाडौँमा निर्वाचनका लागि पाँच हजार सत सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, भयरहित र शान्त पूर्ण रुपमा सम्पन्न गर्न पाँच हजार सात सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको हो । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि गएराति १२ […]

गोरखामा एक हप्ता हिँडेर मतदान केन्द्र पुगे कर्मचारी

गोरखा । प्रतिनिधिसभाको दुई र प्रदेशसभाको चार निर्वाचन क्षेत्र रहेको गोरखा जिल्लामा मतदानका लागि सबै तयारी पूरा भएको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि जिल्लाका दुई सय २२ मतदानस्थल र तीन सय १७ वटै मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी पुगेर निर्वाचनको तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको […]

निर्वाचनको स्थिर समयमा राजनीतिक गतिविधि ठप्प, के के गर्न पाईँदैन ?

काठमाडौं । गए राति १२ बजेदेखि स्थिर समय लागू भएसँगै निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका राजनीतिक छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि चुनावसँग सम्बन्धित काम बन्द भएका छन् । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि बिहीबार राति १२ बजेदेखि स्थिर समय लागू भएको निर्वाचन आयोगले जनाएको छ । […]

मौन अवधिमा प्रचार गरे २५ हजार जरिवाना

काठमाडौं । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्मको अवधिमा दल तथा उम्मेदावरको पक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरेको छ । यस अवधिमा कुनै उम्मेदवार […]

उपत्यकाका कुन निर्वाचन क्षेत्रमा कति मतदानस्थल छन् ?

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार देशभर एकै चरणमा मतदान हुँदैछ । प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी दुई सय ७५ र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी पाँच सय ५० पदका लागि ११ हजार पाँच सय ४३ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई हजार एक सय ८९ पुरुष र दुई […]

अब मंगलबार मात्रै सेयर बजार खुल्ने

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार अब यही मङ्सिर ६ गते मंगलबार मात्रै हुने भएको छ । आज शुक्रबार कारोबार बन्द छ । शनिबार, आइतबार र सोमबारसमेत सार्वजनिक बिदा दिइएकाले सेयर कारोबारसमेत बन्द हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको छ । मङ्सिर ४ गते आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । सरकारले निर्वाचनलाई केन्द्रमा राखेर […]

चुनावी प्रचारप्रसारका लागि आज अन्तिम दिन

काठमाडौ । आज राति १२ बजेबाट निर्वाचनको ‘स्थिर समय’ सुरू हुँदैछ । अघिल्ला निर्वाचनमा ‘मौन अवधि’ भनिएको ‘स्थिर समय’ सुरु भएपछि दल तथा उम्मेदवारहरूले निर्वाचनको प्रचारप्रसार गर्न पाउने छैनन् । बिहिबार दिनभर उम्मेदवारहरू प्रचारप्रसारको अन्तिम कसरतमा जुटिरहेको छन् । निर्वाचन आयोगले मंसिर ४ अघिको ‘स्थिर समय’ मा प्रचारप्रसार लगायत कुनै पनि गतिविधि गर्न नपाइने जनाएको […]