प्रदेश नं ६ बाट निर्वाचित राष्ट्रियसभा सदस्यको पूर्ण विवरण यस्तो छ

शुरबहादुर सिंह/दिपेन्द्र शर्मा, सुर्खेत– राष्ट्रियसभाको निर्वाचनमा प्रदेश नं ६ बाट निर्वाचित भएका वाम गठबन्धनका उम्मेदवार विभिन्न पृष्ठभूमिबाट आएका छन् । महिला तथा खुला सदस्य तीन/तीन र अपांग/अल्पसंख्यकमा एक र दलितमा एक गरी राष्ट्रियसभामा आठजना निर्वाचित भएका छन् । वाम गठबन्धनको भागबण्डाअनुसार यो प्रदेशमा नेकपा (एमाले)का तर्फबाट खुलातर्फ रुकुम पश्चिमका ठगेन्द्र पुरी, जाजरकोटका भैरवसुन्दर श्रेष्ठ, महिलातर्फ […]

सिरकभित्र निसास्सिएर बालकको मृत्यु

गाईघाट (रासस)– उदयपुरको कटारी नगरपालिका–६ स्थित बाकेटारमा विवाहको उत्सव चलिरहेको बेला विवाह घरको पलङमा सुताएको एक वर्षको बालकको सिरकभित्र निसास्सिएर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय, कटारीका अनुसार मृत्यु हुने एक वर्षको बालक रंजीत विक रहेका छन् । प्रहरीका अनुसार बुधबार बाँकेटारमा होमबहादुर विकको घरमा विवाह उत्सव भइरहेको बेला आफन्तको विवाहमा पुगेकी गीता विकले […]

अब एकीकरण टार्ने अवस्था छैनः वाम नेता

बर्दिवास (पास)– नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का नेताले एउटै मञ्चबाट दुवै पार्टीबीच अब एकीकरणलाई टार्ने अवस्था नरहेको बताएका छन् । महोत्तरीको बर्दिवासमा बिहीबार बर्दिवास–३ मा सञ्चालित आधारशीला (माओवादी केन्द्रका नेता कार्यकर्ताले स्थापना गरेको सामूहिक कम्युन) को १५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘अक्टुबर क्रान्तिको शतवार्षिकी र नेपाली सन्दर्भ’ विषयक प्रवचन कार्यक्रममा दुवै पार्टीका नेताले एकीकरणविरुद्ध […]

शेरधन राई प्रदेश १ को मुख्यमन्त्री बन्ने पक्का, यस्तो छ राईको संक्षिप्त जीवनी

पाथिभरा संवाददाता, विराटनगर– आज सम्पन्न नेकपा एमाले प्रदेश नम्बर–१ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएसँगै उनी प्रदेश १ को मुख्यमन्त्री बन्ने पक्का भएको छ । बाम गठबन्धनपश्चातको भागबण्डामा प्रदेश १ को मुख्यमन्त्री र सभामुख एमालेकै भागमा छ र माओवादीको भागमा भने उपसभामुख रहेको छ । ९३ सदस्यीय प्रदेशसभामा एमालेको ५१ सांसद छन् । […]

सगरमाथाको उचाइ नाप्न शुरु, यस्तो छ मापनका तीन विधि

कुमार चौलागाई/कल्पना पौडेल, काठमाडौं– सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न आवश्यक गृहकार्य सरकारले शुरु गरे पनि त्यसले गति लिन सकेको छैन । सगरमाथाको उचाइ नाप्न भूमि सुधार तथा व्यवस्था मन्त्रालय, नापी विभागले स्थलगत रुपमा प्रारम्भिक चरणको काम शुरु गरे पनि प्राविधिक कारणवश त्यसले गति लिन नसकेको स्वयं विभागकै अधिकारीहरू स्वीकार्छन् । विश्वको सर्वोच्च शिखरका रुपमा रहेको […]

आइसिसी विश्व क्रिकेट लिगमा नेपालद्वारा नामिबिया पराजित

काठमाडौं (पास)– आइसिसी विश्व क्रिकेट लिग डिभिजन –२ मा नेपालले नामिबियालाई पराजित गरेको छ । नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा भएको उद्घाटन खेलमा नेपालले उत्कृष्ट बलिङसहित नामिवियालाई १ विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले नेपाललाई जीतका लागि १३९ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रेको नेपालले ४९ दशमलव २ […]

दाइजो नपाएपछि श्रीमान्‌ले नै चोरे मृगौला

भारतकी एक महिलाले आफ्नो श्रीमान् र देवरले दाइजो नपाएको निहुँमा आफ्नो एउटा मृगौला चोरेको आरोप लगाएपछि प्रहरीहरूले उनीहरूलाई पक्राउ गरेको छ। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार पश्चिम बंगालकी महिलाका श्रीमान्‌ले दुई वर्षअघि उनलाई पेट दुखेको बेला अस्पतालमा एपेन्डिसाइटिसको उपचार गर्न भनेर व्यवस्था मिलाएका थिए । सन् २०१७ को अन्त्यमा दुईवटा फरक मेडिकल परीक्षणले उनको एउटा मृगौला नभएको […]

८० वर्षका पनि जबर्जस्ती करणीमा संलग्न

हेटौँडा– बढ्दो जबर्जस्ती करणीका घटनाले सर्वसाधारणमा असुरक्षाको महसुस हुनाका साथै यस्ता घटनाविरुद्ध अभियानमा लागेकालाई धम्कीसमेत आउन थालेको छ । पछिल्लो समय पीडित महिलाका साथै महिला हिंसाविरुद्ध लागेका अधिकारकर्मीलाई पनि चुनौती थपिएको मानव रक्षक सञ्जालका जिल्ला अध्यक्ष आरती पाठक बताउँछिन् । पाँच वर्षीया बालिकादेखि ७० वर्षीया वृद्धासम्म बलात्कृत भएका घटनाले यस घटनाविरुद्ध लागेकालाई चु्नौती थपिनुका साथै […]

इलामको सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान गरिने

इलाम (पास)– इलाममा निर्माणाधीन विमानस्थलमा आगामी चैतसम्ममा परीक्षण उडान हुने भएको छ । विमानस्थलको प्राविधिक परीक्षण गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले परीक्षण उडान गर्ने भएको हो । सुकिलुम्बा विमानस्थल आयोजना प्रमुख पुष्प न्यौपानेले हाल विमानस्थलमा माटोको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । सबग्रेड कार्य भइरहेको भन्दै उनले लेभल परीक्षण गरेपछि चैत महिना सम्ममा परीक्षण […]

जैसीदेवलको पुनर्निर्माणमा भ्रष्टाचार भएको आरोप

पूर्णप्रसाद मिश्र, काठमाडौँ– विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा रहेको जैसीदेवल पुनःनिर्माण अपारदर्शी रूपमा शुरु गरिएको भन्दै त्यसमा भ्रष्टाचार भएको आरोप लगाईएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त जैसीदेवल पुनःनिर्माण पुरातत्व विभागले शुरु गरेको हो । सार्वजनिक जानकारीका लागि पुनःनिर्माण गर्दा निर्माण स्थलमा राख्नुपर्ने लागत, अवधि, निर्माण व्यवसायी आदिको नाम समावेश हुने […]