तामाङ चलचित्र ‘घ्रान’ निर्माण हुँदै

काठमाडौं (पास)– तामाङ जातिको संस्कृति तथा भाषा संरक्षण गर्ने उद्देश्यले तामाङ भाषामा चलचित्र घ्रान ‘कसम’ निर्माण गरिने भएको छ । मोक्तान फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण गरिने चलचित्रले समाजमा प्रजातान्त्रिक प्रणाली विकास गर्ने क्रममा सामन्ति वर्गसँगको संघर्ष, वर्ग संघर्षका क्रममा एउटा परिवारको अभिभावकले ज्यान गुमाउन परेको, त्यसपछि उनका सन्ततिले समाजमा समानता, सामाजिक न्याय र प्रजातन्त्रको स्थापनाका […]

प्रधानसेनापति खुला म्याराथनमा कृष्ण बस्नेत पहिलो

काठमाडौं (पास)– प्रधानसेनापति खुला म्याराथन प्रतियोगितामा नेपाली सेनाको शेरगणका हवल्दार कृष्ण बस्नेत प्रथम भएका छन् । बस्नेतले दुई घण्टा २२.५२ सेकेन्डमा निर्धारित ४२.१९५ किमी दुरी पूरा गरी पहिलो भएका हुन् । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिकमञ्च टुँडिखेलमा शनिबार आयोजित समापन समारोहमा बस्नेतलाई पल्सर मोटरसाइकल, एक लाख नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरे । उक्त प्रतियोगितामा सशस्त्र […]

दोस्रो खेलमा नेपाल ओमानसँग ६ विकेटले पराजित

काठमाडौं (पास)– आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत दोस्रो खेलमा नेपाल ओमनसँग ६ विकेटले पराजित भएको छ । अफिस पार्कमा सामान्य लक्ष्यसहित ब्याटिङ गरेको ओमनले ३५.१ ओभरमा नेपालमाथि जित हात पारेको हो । ओमनका लागि अकिब इल्यासले ४६, बैभभ वाटगओन्करले ३७ र जतिन्दर सिंहले २४ रनको योगदान दिएका थिए । नेपालका लागि सन्दीप लामिछानेले […]

राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक

काठमाडौं (रासस)– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन आगामी आइतबार पेश गर्ने भएको छ । आयोगका सचिव वेगेन्द्रराज शर्माले निर्वाचन आयोगमा आयोजित पत्रकारसम्मेलनमा राष्ट्रियसभा सदस्यमा राजनीतिक दलले प्राप्त गरेको सिट संख्याबारे आज औपचारिक जानकारी दिँदै उक्त कुरा बताएका हुन् । उनकाअनुसार, राष्ट्रियसभा सदस्यमा २१ महिला र ३५ जना पुरुष निर्वाचित […]

गुण्डाराजको अन्त्य नभएसम्म मुलुक समृद्ध हुन सक्दैनः अध्यक्ष श्रेष्ठ

इलाम (पास)– नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले गुण्डाराजको अन्त्य नभए सम्म मुलुकको निर्माण क्षेत्र समृद्ध हुन नसक्ने बताएका छन् । निर्माण व्यवसायी संघ इलामको साधारण सभा तथा आठौं जिल्ला अधिवेशनलाई शुक्रवार सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले गुण्डाहरुको आतंकका कारण व्यवसायीहरुले ढुक्क भएर व्यवसाय संचालन गर्ने वातावरण नरहेको बताए । ‘गुण्डाहरुबाट अझै पनि चन्दाका लागि […]

माउन्ट ग्लोरीलाई उपाधि

काठमाडौं (पास)– माउन्ट ग्लोरीले दोश्रो नेफ–साइपाल यु–१६ फाइभ ए साइड उपत्यकाव्यापी छात्र फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । उत्तरभेगीय शैक्षिक मञ्च (नेफ) र साइपाल एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा माउन्ट ग्लोरीले नेपालयलाई ७–० गोलले पराजित ग¥यो । आयुश घलानले ह्याट्रिक गरे भने प्रीतम तामाङ र दिपेश गुरुङले २–२ गोल गरे । चुच्चेपाटीमा भएको प्रतियोगितामा […]

फणिन्द्रले ल्याए तिरिमिरी…

काठमाडौं (पास)– गायक फणिन्द्र ठकुरीले नेपाली मौलिकता बोकेको पञ्चेबाजा पा¥यो तिरिमिरी लिएर आएका हुन् । कुनै बेला चर्चाको शिखरमा रहेका गायक ठकुरी पछिल्लो समय भने दोहोरी गायनमा मात्र सीमित रहेर बसेका थिए । यतिबेला उनको नयाँ गीत बजारमा आएपछि पुनः उनको चर्चा बढेको छ । हमाल म्यूजिकबाट बजारमा आएको उनको पा¥यो तिरिमिरी लाई चर्चित गायक […]

सशस्त्र द्वन्द्वका क्रममा भएका घटना सातै प्रदेशबाट छानबिन गरिँदै

काठमाडौं (पास)– सशस्त्र द्वन्द्वका क्रममा भएका घटनाको सम्बन्धमा छानविन गर्न गठित सत्य निरुपण तथा मेलमिलाप आयोगले सातै प्रदेशमा कार्यालय खोली छानविन अघि बढाएको छ । आयोगले आज जारी गरेको विज्ञप्तिमा उजुरी छानविनलाई छिटो र पीडितमैत्री बनाउन तत्कालका लागि सात प्रदेशमा उच्च अदालत रहेका स्थानमा आयोगको मुकाम स्थापना गरी काम भएको जनाइएको छ । आयोगले विराटनगर, […]

काँग्रेसले सत्ता मोह त्याग्नुपर्ने

काठमाडौं (पास)– नेपाली काँग्रेसका अधिकांश केन्द्रीय सदस्यले काँग्रेसले आगामी पाँच वर्षसम्म सत्ता मोह त्याग्नुपर्ने धारणा राखेका छन् । नेकाका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाको दोस्रो स्मृति सभालाई काठमाडौँमा सम्बोधन गर्दै केन्द्रीय सदस्य प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, चन्द्र भण्डारी , प्रदीप पौडेल र गुरुराज घिमिरेले सो धारणा राखेका हुन् । उनीहरुले पार्टीलाई शुद्घीकरण, सुदृढीकरण […]

सधैँ बल्झिरहन्छ प्यारातालमा विवाद

शेरबहादुर सिंह, भीमदत्तनगर– झण्डै चार दशकदेखि कञ्चनपुरको दक्षिणमा रहेको पुनर्वास नगरपालिका–९ बीचफाँटास्थित प्यारातालको विषयमा नेपाल–भारतबीच देखिएको विवाद सुल्झिने कुनै तर्खर छैन । विसं २०२२ देखि जिल्ला विकास समिति कञ्चनपुरले तालमा माछा पार्न ठेक्का दिँदै आइरहेको प्यारातालमा २०३५ सालयता भारतीय पक्षले पनि उक्त तालमा आफ्नो पनि दाबी गर्दै विवाद गर्दै आइरहेको छ । मुलुकमा धेरैखाले व्यवस्था […]