नुवाकोटमा निषेधाज्ञा क्षेत्रमा सेना परिचालन

त्रिशूली– नुवाकोटमा स्थानीयस्तरमा कोरोना रोगको सङ्क्रमण थप फैलिएसँगै आजदेखि निषेधाज्ञाको क्षेत्र बढाइएको छ । निषेधाज्ञा कार्यान्वयन गराउन नेपाली सेनासमेत परिचालन गर्ने निर्णय गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यसअघि कायम रहेको क्षेत्रभन्दा बाहिरको दुप्चेश्वर गाउँपालिकामा समुदायमा कोरोना रोगको सङ्क्रमण फैलिएको पुष्टि भएसँगै आजदेखि आठ दिनका लागि थप क्षेत्रमा निषेधाज्ञा लगाएको प्रमुख जिल्ला अधिकारी […]

घर भत्किँदा एकै परिवारको ४ जनाको मृत्यु, ५ घाइते

डोटी– डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेका अनुसार घर भत्किएर मृत्यु हुनेमा ३५ वर्षीया विष्ना लुहार, निजका छोरा ११ वर्षीय पारस, छोरी सात वर्षीया सिरु, अर्की छोरी चार […]

वैदेशिक रोजगारबाट पठाइएको रकमबारे पत्नीले पतिलाई हिसाब बुझाउन नसक्दा सम्बन्धविच्छेद

मकवानपुर– वैदेशिक रोजगारका लागि विदेश गएका पतिले घर खर्च चलाउन पठाएको रकमबाट घर खर्च गरेको रकमको हिसाब किताबको पत्नीले विश्वास दिलाउन नसक्दा पति र पत्नीबीच सम्बन्धविच्छेदको प्रमुख कारण बन्न पुगेको छ । वाग्मती प्रदेशअन्तर्गत पर्ने मकवानपुर जिल्लामा पनि गत आव २०७६÷७७ मा जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि ५३१ मुद्दा दर्ता गरिएको थियो । तीमध्ये ३०० मुद्दा […]

अब बोतलको पानी १६ र जारको पानीको मुल्य ५० रुपैयाँ तोकियो

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजारमा विक्रिवितरण हुँदैआएको जार र बोटलको प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य निधारण गरेको छ । विभागको नेतृत्वमा गठन भएको प्रशोधित पानीको जार तथा बोटलको पानी मूल्य निर्धारण कार्यदलको प्रतिवेदन सार्वजनिक गर्दै विभागले सोमबार पानीको नयाँ बजार मूल्य९एमआरपी० तोकेको हो । विभागको प्रतिवेदन अनुसार प्रशोधित पिउने पानीको खुद्रा […]

मास्क प्रयोग नगर्ने ४ लाख जना व्यक्ति कारबाहीमा

काठमाडौ– सरकारले मास्क प्रयोग नगर्ने तीन लाख ९५ हजार व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ । सरकारले नेपालमा फैलँदै गएको कोभिड–१९ का कारण बन्दाबन्दी गरेपछि मास्कको प्रयोग नगर्ने देशभरका व्यक्तिलाई नियन्त्रणमा लिई सम्झाईबुझाई छोड्नाका साथै जरिवनासमेत गरेको हो । अनुमति विना काठमाडौँ उपत्यका प्रवेश गर्न खोज्ने सात हजार ६०० सवारी साधन र करीब १९ हजार […]

दुई छोरा पहिराले पुरिएपछि दमाई परिवार शोकमा

दार्चुला– घरको सहाराका रूपमा रहेका दुई छोराको मृत्युपछि लेकम गाउँपालिका–५ का ५८ वर्षीय सानो दमाईको परिवार बिचल्लीमा परेको छ । यही साउन ६ गते मालिकार्जुन गाउँपालिका–८ मा पहिरामा पुरिएर उहाँका दुई छोरा २४ वर्षीय अर्जुन र १८ वर्षीय मिलनको मृत्यु भएको थियो । छोराको मृत्युपछि दमाई परिवार अहिले बिचल्लीमा छ । घरको ऋण तिर्न भन्दै […]

‘नेपाली स्याट–१’ बाट सूचना तथा जानकारी लिन सकिएन

ललितपुर– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले मूलुकमा पहिलो पटक बनाएको ग्राउण्ड स्टेशन अर्थात सूचना प्रवाह गर्ने माध्यमबाट अझैसम्म नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बाट सूचना र जानकारी लिन सकेको छैन । नाष्टमा जडान गरिएको रेडियो उपकरणमा समस्या हुँदा हालसम्म यसले आफ्नै कार्यालयबाट जानकारी लिन नसकेको हो । नाष्टले उचित रेडियो खरिद प्रक्रियामा […]

विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड नाघ्यो, भारतका पूर्वराष्ट्रपति मुखर्जीलाई कोरोना

काठमाडौं– विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ)ले सोमबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २६ हजार २११ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी सात लाख ३४ हजार २५ जनाको मृत्यु भएको पनि सो सङ्गठनले जनाइएको छ । सोमबारसम्म विश्वभरीमा एक करोड २९ लाख […]

कोरोनाबाट आज मात्र नेपालमा ४ जनाको मृत्यु, ३३८ नयाँ सङ्क्रमित, उपत्यकामा ४४ सङ्क्रमित भेटिए

काठमाडौँ– नेपालमा पछिल्लो २४ घन्टामा थप चार जनाको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र दुई पुरुष छन् । बाँकेको कोहलपुर नगरपालिका–२ का ७० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो । पर्साको देवयानी गाउँपालिका १५ का ४५ वर्षीय महिलाको पनि कोभिड सङ्क्रमणका कारण आइतबार नै […]

पुतलीसडकमा आगलागी

काठमाडौँ– काठमाडौँको पुतलीसडकमा आगलागी भएको छ । काठमाडौँ महानगरपालिका–३१ पुतलीसडकस्थित कृष्णशङ्कर कसजुको घरको दोस्रो तलामा आज अपराह्न आगलागी हुँदा कन्सल्टेन्सीमा क्षति पुगेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता सोमेन्द्रसिंह राठौरले आगलागी हुँदा स्टाण्डर्ड एजुकेशन कन्सल्टेन्सीको एक कोठामा क्षति पुगेको जानकारी दिए । विद्युत् चुहिएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । कन्सल्टेन्सी बन्द […]