जासुसी क्यामेराले सकस

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जासुसी क्यामेरा जडान गरिएपछि चोरी सिकार शून्य भएको छ । निकुञ्जका चोरी सिकार हुनसक्ने सम्भावित दुई दर्जन बढी ठाउँमा क्यामेरा राखिएका छन् । “गत वर्ष क्यामेराकै सहायताले चोरी सिकारमा संलग्न तीन जनालाई समात्न सकेका थियौँ”, निकुञ्जका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीले भने, “क्यामेराको प्रभावकारिताका कारण यस वर्ष चोरी सिकारका मुद्दा […]

जलेका घर त बने तर, खाने मेलो बनेन

बलेवा– बागलुङको ढोरपाटन नगरपालिका–९ नवी गाउँका मानबहादुर बिक परिवारलाई खुशी राख्ने सपना बोकेर खाडी मुलुक कतार हानिएको २२ महिना मात्रै भएको थियो । कतारको एक प्रतिष्ठित कम्पनीमा काम गरिरहेका बिक महिना मर्दा धेरथोर कमाउँथे र घर पठाउँथे । त्यसैमा उनी खुशी नै थिए । गत वर्ष मङ्सिर ९ गते एकाबिहानै उनले दुःखद समाचार सुने । […]

खोटाङमा लोक सेवा परिक्षाको प्रश्नपत्र च्यात्ने चार जना पक्राउ, समाजवादीले निकाल्यो विज्ञप्ति

काठमाडौं– लोक सेवा आयोगले स्थानीय तहको कर्मचारीका लागि लिएको परिक्षाका क्रममा खोटाङमा प्रश्नपत्र च्यात्ने आदीवासी जनजाती महासंघका चार जना कार्यकर्तालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जनताको विरोध गर्न पाउने अधिकारको रक्षा गर्न भन्दै समाजवादी पार्टी नेपाल खोटाङले जिल्लामा पक्राउ परेका ४ जना युवाहरुलाई तत्काल रिहाई गर्न माग गरेको छ । हाल चलिरहेको लोकसेवा […]

जडीबुटी चोरी निकासीमा संलग्न भएको भन्दै गाउँलेले वडाध्यक्ष कुटे

जुम्ला– पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि लुमगाउँका बासिन्दाले बुधबार कुटपिट गरेका छन् । बागजाले सामुदायिक वनको अवैध जडीबुटी चोरी निकासीमा वडाध्यक्षको संलग्नता रहेको भन्दै लुमगाउँका स्थानीयले कुटपिट गरेका हुन् । लुमगाउँका स्थानीयवासीले वडाध्यक्ष रावतमाथि हातपात गर्नु साथै अभद्र व्यवहार गरी कठालो समातेर कमिज च्यातेको आरोप छ । कालीबहादुर रावललगायतका स्थानीयवासीको अगुवाइमा वडाध्यक्षमाथि लुमगाउँका स्थानीयले […]

बुद्धमूर्ति तोडफोडको चौतर्फी विरोध

बुटवल– तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको बिच भाग डिभाइडर मा राखेको बुद्धमूर्ति तोडफोड भएपछि त्यसको चौतर्फी विरोध भएको छ । बुटवल–बेलहिया सिद्धार्थ राजमार्गको डिभाइडरमा राखिएका गौतमबुद्धका मूर्ति तोडफोडको घटनाप्रति स्थानीय तह, राजनीतिक दल र व्यावसायिक तथा सामाजिक सङ्घ संस्थाले विरोध जनाएका छन् । मूर्ति तोडफोडको घटनाप्रति तिलोत्तमा नगरपालिकाले घोर निन्दा र भत्र्सना गरेको छ । राष्ट्रिय […]

बाढी पीडित भन्छन्, ‘के खाने, कसरी बच्ने’

सप्तरी– घरको चुलो गजगजे हिलोले पुरिएका, सामान हिलोले लतपतिएका र भिजेको एक पोको चामल घाम लागेको मौका छोपेर आँगनको ओभानो भागमा सुकाइएको थियो । यो दृश्यमा बुधबार अपराह्न बाढीले पुरेका भाँडाकुँडा र खाद्यान्न पाइन्छ कि भनेर मझेरी खोतल्दै हुनुहुन्थ्यो सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–१ का त्रिभुवन मिश्र । बाढीले बगाउनबाट जोगिएका सामान बचेको छ कि भन्ने आशले […]

बस पल्टिँदा दुईको मृत्यु

उर्लाबारी– मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा आज बस पल्टिँदा दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा बसका सहचालक मोरङकै कानेपोखरी गाउँपालिका–३ का ३१ वर्षीय टीकाराम थापा र बसमा सवार नामथर वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ४८४२ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको मे […]

नेपाल : ‘कतै बाढी त कतै खडेरी’

पोखरा– तराईका अधिकांश जिल्ला यतिखेर बाढीको डुबानमा छन् । ठाउँठाउँमा बाढीपहिरोको समस्या पनि उस्तै छ । नेपालको चेरापुञ्जीको रूपमा पनि चिन्ने गरिएको पोखरा र आसपासमा भने अझै पर्याप्त पानीको अभावमा कतिपय स्थानमा रोपाइँ नहुँदा खेत बाँझै छन् । कास्की जिल्लासहित समग्र गण्डकी प्रदेशमा पानी पर्याप्त नपर्दा साउन लागिसक्दा हालसम्म जम्मा ६५ प्रतिशत मात्र रोपाइँ भएको […]

चैतवैशाखमा निदाउने, जेठमा उँघ्ने र असारमा फाइल लिएर न्याउरो अनुहार लगाउने प्रवृत्तिको अन्त्य हुने

काठमाडौँ– सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले चैतवैशाखमा निदाउने, जेठमा उँघ्ने र असारमा फाइल लिएर न्याउरो अनुहार लगाएर मन्त्रालय धाउने प्रवृत्ति अब अन्त्य हुने बताएका छन् । यसैका निमित्त जिम्मेवार कार्यकारीहरुसँग मन्त्रालयले आज कार्यसम्पादन सम्झौता सम्पन्न गरेको छ । सञ्चार मन्त्रालयले पहिलो पटक मन्त्रालयमातहतका १४ निकायका प्रमुखसित कार्यसम्पादन करार सम्झौता गरेको हो । सेवा तथा […]

साढे दुई हजार निजामती कर्मचारी कारवाहीको सूचीमा

काठमाडौँ– राष्ट्रिय सतर्कता केन्द्रले गत आर्थिक वर्षमा दुई हजार ५६५ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । केन्द्रले समयपालना नगर्ने एक हजार ९६१ र तोकिएको पोशाक नलगाउने ६०४ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले जानकारी दिए । केन्द्रले गत आवमा ५२ जिल्लाका ९८० कार्यालयमा अनुगमन गरेको थियो । यसैगरी ९४० कार्यालयमा […]