सडक हस्तान्तरण गरेर फर्किदै सेना, अब तिब्बत जोडिने

जाजरकोट– डोल्पामा ११८ किलोमिटर सडकको ट्र्याक खोलेर लक्ष्य पूरा भएको भन्दै सेनाले फर्किन शुरु गरेको छ । करीब १५ वर्ष सडक निर्माणमा खटिएको सेनाले लक्ष्य पूरा भएको भन्दै फर्कन शुरु गरेको हो । सेनाले सडक अब हस्तान्तरण गर्न लागेको निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले बताए । सल्यानको सल्लीबजारबाट जाजरकोटसम्म सेनाले निर्माण गरेको बाटोमा पिचसमेत भइसकेको […]

सडक निर्माणमा अब्बल ठहरिँदै नेपाली सेना

काठमाडौँ– मुलुकको अस्मिता र अस्तित्वलाई अखण्ड राखी मानवीय सुरक्षाको प्रत्याभूति दिलाउन दृढ सङ्कल्पित नेपाली सेना कठिन भूगोल तथा सामरिक महत्वको सडक निर्माणमा पछिल्लो समय पर्यायवाची बनेको छ । राष्ट्रिय सुरक्षा नीतिअनुरुप नेपाली जनताको हित अनुकूल आर्थिक समृद्धि र विकासका लागि राष्ट्रिय महत्वका परियोजना निर्माणमा नेपाली सेनाको असरदार सङ्लग्नता रहदैँ आएको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले […]

फेरि थुप्रन थाल्यो राजधानीमा फोहर

काठमाडौँ– वाग्मती लगायत उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान जारी रहे पनि विभिन्न स्थानमा अझै फोहर उठ्न सकेको छैन । वाग्मती सफाइ महाअभियानको ३२४ औँ हप्तामा बुद्धनगर पुल क्षेत्र मुनिको नदी किनारमा सफाइ गरी नौ मेट्रिक टन फोहर उठाए पनि तीन मेट्रिक टन फोहर मात्र व्यवस्थापन हुन सकेको अभियानकर्मी माला खरेलले बताए । फोहर उठ्न […]

ज्यान जोखिममा राखेर डुङ्गा चलाएको आम्दानीले परिवार पाल्नुपरेपछि…

लमही– दाङको लमही–९ रिहारस्थित सागर चौधरीले डुङ्गा चलाउन थालेको तीन वर्ष भयो । यसभन्दा अघि उनका बुबाले डुङ्गा चलाउँथे । बुबा बुढो हुँदै गएपछि १७ वर्षको उमेरदेखि डुङ्गा चलाउन थालेको सागर बताउँछन् । उनले राप्ती नदी पानीको बहाब बढेर वारपार गर्ने अवस्था नभएमा डुङ्गामार्फत मानिसलाई वारपार गराउने गरेका छन् । उनका बुबाले करीब २४/२५ वर्ष […]

देशैभर सवारीसाधन दुर्घटना बढ्यो, कारण के ?

काठमाडौँ– देशभर सवारीसाधन खरिदबिक्री बढेसँगै दुर्घटनामा समेत वृद्धि भएको छ । आर्थिक वर्ष २०७५/७६ मा देशभर सवारीसाधन दुर्घटनामा दुई हजार ७८९ जनाको मृत्यु भएको छ । सो अवधिमा १३ हजार ३६६ सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनामा चार हजार ३७६ जना गम्भीर घाइते तथा १० हजार ३६० व्यक्ति सामान्य घाइते भएका थिए । प्रहरी प्रवक्ता […]

कटानका कारण कर्णाली पुल भत्किने खतरामा

लम्की– कैलाली र बर्दियालाई जोड्ने हुलाकी राजमार्गको टीकापुर–८ स्थित कर्णाली नदीमा रहेको पुल जोखिममा रहेको छ । नदी कटानले पुल संरक्षणका लागि बनाएको तटबन्धसमेत भासिँदै जान थालेपछि पुल भत्किने जोखिम बढेको हो । सुदूरपश्चिम प्रदेश र प्रदेश ५ लाई हुलाकी राजमार्गअन्तर्गत जोड्ने कर्णाली पुल नदी कटानले भत्किने उच्च जोखिममा छ । वर्षात्को समयमा कर्णाली नदीमा […]

पुल नहुँदा खोला तर्न नसकेपछि पढाइ छोड्न बाध्य सुखौराबासी

परासी– वर्षाको मौसमसँगै पश्चिम नवलपरासीस्थित बर्दघाट नगरपालिका–२ सुखौराका ५० विद्यार्थी पढाइ छोड्न बाध्य भएका छन् । माध्यमिक तहको अध्ययनका लागि सुनवल नगरपालिका–१२ भूमही पुग्नुपर्ने बाध्यता रहेका त्यहाँका बालबालिका स्थानीय डम्बरभार खोलामा पुल नभएकै कारण विद्यालय जान नपाएका हुन् । हिँउदमा खोलामा पानी नहुने भएकाले सजिलै आवातजावत गर्ने उनीहरु अहिले खोला बढेपछि पढाइ छोड्न बाध्य भएको […]

यो वर्ष विपद्बाट १११ जनाको मृत्यु, ४० बेपत्ता (कुन जिल्लामा कति)

काठमाडौँ– मनसुनपछिको विपद्का कारण मुलुकभर १११ जनाले ज्यान गुमाएका छन् । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विपद्मा परेर ४० जना बेपत्ता भएका छन् भने ६७ घाइते भएका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना रहेका छन् । यस्तै बाढीबाट रौतहटमा १० जनाले ज्यान गुमाएको केन्द्रका प्रमुख वेदनिधि खनालले […]

समयमै उपचार नपाउँदा सुत्केरीको मृत्यु

बेत्रावती– त्रिशूली जिल्ला अस्पतालमा सुत्केरी भएकी एक महिलाको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको छ । बुधबार अस्पताल भर्ना भएकी नुवाकोटको तारकेश्वर गाउँपालिका–५ की ३५ वर्षीया गोमा वस्तीले बिहीबार बिहान सामान्य अवस्थामा छोरा जन्माउनुभएको र सुत्केरीपश्चात अत्यधिक रक्तश्रावको कारण बिहीबार मृत्यु भएको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रेमकुमार राईले जानकारी दिए । बच्चा जन्माउँदा खुला भएको […]

ज्यान हत्केलामा राखेर हिमालपारिको यात्रा

मनाङ– माथि हेर्दा आकाशै छोएझैँ लाग्ने अग्लो चट्टाने पहरा, तल हेर्दा आङै सिरिँङ्ग हुने छङ्गाछुर भिर अनि मसिनो धागोजस्तै देखिने नालबेली बगेको निलो मस्र्याङ्दी नदी । यो हो मस्र्याङ्दी नदीको किनारै किनार बेँसीशहरदेखि हिमालपारिको जिल्ला मनाङ पुग्ने अत्यन्तै जोखिमपूर्ण सडक । सोही सडकमा दैनिक सयौँ यात्रु ज्यान हत्केलामा राखेर यात्रा गर्छन् । लमजुङ सदरमुकाम बेँसीशहरदेखि […]