वायुसेवा निगमले तिर्‍यो​ ७३ करोड ऋण

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता वापतको ७३ करोडभन्दा बढी भुक्तानी गरेको छ । निगमले जहाज खरिद बापत दुई कोषलाई तिर्नुपर्ने ऋण दायित्वको भुक्तानी अन्तर्गत पछिल्लो पटक असोज ३१ गते ७३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको […]

बाह्रसिंगा हेर्न शुक्लाफाँटा घुम्न जाऔँ

कञ्चनपुर । सुदूर नेपालको महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि आकर्षक गन्तव्य हो । बाह्रसिङ्गाका लागि प्रख्यात रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशद्वार महेन्द्रनगर सदरमुकामदेखि सात किमीको दूरीमा छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट २४ किमि दूरीमा रहेको शुक्लाफाँटामा विश्वको सबैभन्दा ठूलो घाँसे मैदान (फाँट)छ । घाँसे फाँटमा एकै पटक सयौँ बाह्रसिङ्गाको बथान देख्न सकिन्छ । […]

सल्यानमा अरिंगालको टोकाइबाट आमाछोरीको मृत्यु, एकजना गम्भीर

दाङ । सल्यानमा अरिंगालको टोकाइबाट आमाछोरीको मृत्यु भएको छ । अर्का एकजनाको गम्भीर अवस्थामा उपचार भइरहेको जनाइएको छ । जिल्लाको शिद्ध कुमाख गाउँपालिका वडा नं। १, हामपालकी २१ बर्षीया शोभा बस्नेत बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ती बुढाथोकी र शोभाका अंकल २१ वर्षीय नबिन बस्नेत अरिंगालको टोकाइबाट घाइते भएका थिए । उनीहरू घरदेखि करिब […]

तापक्रम घट्न थालेपछि नेपालमा चिसो बढ्न थाल्यो

काठमाडौं । मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ । पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ । मनसुन सकिएपछि पश्चिमी वायुको प्रवेश हुने भएकाले दुई दिन बदली र […]

डेंगुबाट हालसम्म ४८ जनाको मृत्यु

काठमाडौं । हालसम्म डेंगुबाट ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ४० हजार २९ जना डेंगु सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार ७७ जिल्लामा डेंगु फैलिएको छ ।

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा १ कात्तिकमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए । शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो । उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, […]

तिहारअघि नै झिलिमिली काठमाडौं (फोटोफिचर)

काठमाडौं । तिहार आउन अझै १२ दिन बाँकी छ । तर आजकल बजार डुल्दा अनि झिलिमिली देख्दा लाग्छ, तिहार आइसक्यो । संघीय राजधानी काठमाडौंको बजार आजकाल झकिझकाउ छ । तिहारको किनमेल गर्ने सर्वसाधारणको घुइँचो, झिलिमिली बत्ती, मिठाई मसला र फुलहरूले ढाकेको छ । तिहारले छुन हप्ता दिन अघिदेखि नै राजधानीका घरहरुमा झिलिमिली बत्ती बालिएको छ […]

अरिङ्गालको टोकाइबाट एकको मृत्यु, दुई जना घाइते

खोटाङ । रिङ्गालको टोकाइबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित बानाचुङका २६ वर्षीय विनोद परियारको मृत्यु भएको छ । बाटो हिँडिरहेको अवस्थामा शुक्रबार बाटो नजिकै रहेको गोलाबाट निस्केको अरिङ्गालले टोक्दा परियारको घटनास्थलमै मृत्यु भाएको हो । मृतक परियारसँगै हिँड्दै गरेका सोही ठाउँका २५ वर्षीया शर्मिला नेपाली र ७२ वर्षीय नैनसिं दर्जी घाइते भएका छन् । घाइते […]

लागुऔषधसहित भरतपुरबाट चार पक्राउ

चितवन । विभिन्न लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुरबाट उनीहरूलाई भारतीय कारसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारतको बिहारका ३८ वर्षीय सुनिल कुमार, १९ वर्षीय विकास कुमार, ५० वर्षीय राजन ठाकुर र बाराको गढीमाई नगरपालिका–१९ का ३५ वर्षीया प्रतिमा मण्डल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी […]

नवलपरासीमा झाडापखालाले ग्रसित जनता

परासी । नवलपरासीको रामग्राम नगरपालिका–१८ को पम्फापुर गाउँमा झाडापखाला फैलिएपछि जनताहरु ग्रसित भएका छन् । झाडापखालाबाट बिरामी भएका १८ जनाको परासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा उपचार भइरहेको छ । झाडापखालाले प्रकोपको रूप लिने देखिएपछि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरमा १ सय २३ जनाको उपचार गरिएको छ । गम्भीर अवस्थाका बिरामीलाई भने अस्पताल पठाइएको स्वास्थ्य […]