कतारमा मृत्यु भएका श्रीमानको शव कुर्दै

नारायणपुर– प्रत्येक शुक्रबार सम्झनाले कतारमा रहेका श्रीमान्सँग कुरा गर्नुहुन्थ्यो । हप्ताभरिको सुखदुःख फोनमार्फत सम्झनालाई फुलीरामसँग साट्ने बानी परिसकेको थियो । बालबच्चाको पढाइदेखि भान्साको नुनतेल र साहु ऋणको बारेमा कुरा गरेर योजना बन्थ्यो सम्झनाको परिवारमा । विसं २०७२ को तिहार मानेर कतार उडेका लमही नगरपालिका–८ बीचगाउँका फुलीराम चौधरी यही दशैँमा घर आउने पक्कापक्की थियो । यस्तै […]

आरोप प्रत्यारोपमै बित्दैछ बजेटबारेको बहस

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलका सांसदले सरकार प्रमुखले सदनमा अधै¥यता प्रस्तुत गरेको र अनावश्यक विधेयक दर्ता गराइ असीमित अधिकार बटुल्न खोजेको आरोप लगाएका छन् । उीहरुले संसदमा प्रमुख प्रतिपक्षी दलका नेताले बोल्छुभन्दा समय प्रदान नगरेको भन्दै संसदीय व्यवस्थामा सत्तापक्षको सरकार हुन्छ भने प्रतिपक्षको संसद् हुन्छ भन्ने अवधारणा सरकारले नबुझेको बताए । सत्तापक्षका सांसदले प्रतिपक्ष सदनमा […]

मेलम्चीको काम पुनः शुरु

काठमाडौँ– इटालीयन ठेकेदार कम्पनी सिएमसीले अलपत्र पारेर छाडेको मेलम्ची खानेपानी आयोजनाको काम पुनःशुरु भएको छ । सरकारले सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेको छ । आयोजनाका काम गत पुसदेखि ठप्प छ । निर्माण ठप्प रहेको यस आयोजनाको कामलाई तीव्र गतिले अगाडि बढाउन खानेपानी मन्त्रालयअन्तर्गतको मेलम्ची खानेपानी विकास समितिले गृहकार्य शुरु गरेको छ । आयोजनाका […]

रेमिट्यान्स २० प्रतिशतले बढ्यो

काठमाडौँ– वैदेशिक रोजगारीमा जाने क्रममा कमी देखिए पनि रेमिट्यान्स आप्रवाह भने उल्लेख्य रुपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले वृद्धि भएको उल्लेख छ । बैंकका अनुसार दश महीनाको अवधिमा रु सात खर्ब २५ अर्ब ३० […]

सुन तस्करीको मुद्धामा जोडिएका न्यायाधीशलाई कारवाही

काठमाडौँ– न्यायपरिषद्ले साढे तेत्तीस किलो सुन तस्करीका अभियुक्तको सुनुवाइमा अनुचित प्रभावमा परी मुद्दाको कारवाही गर्ने न्यायाधीशलाई कारवाहीका लागि सिफारिश गर्ने निर्णय गरेको छ । परिषद्को मङ्गलबार बसेको बैठकले उच्च अदालत विराटनगरका न्यायाधीश साधुराम सापकोटा, थीरबहादुर कार्की र उमेशकुमार सिंहलाई कारवाहीका लागि प्रधानन्यायाधीश समक्ष सिफारिश गरेको हो । परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार न्याय परिषद् ऐन […]

नेप्से परिसूचक निरन्तर ओरालो

काठमाडौँ– साताको शुरुआतदेखि नै अस्थिर रहेको धितोपत्र बजारमा नेप्से परिसूचक आज फेरि ओरालो लागेको छ । नेप्से परिसूचक ०.२० बिन्दुले घटेर एक हजार २५८.४६ अङ्कमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.२३ बिन्दुले बढेर २७०.५२ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । […]

एक वर्षमा पनि साढे ९ लाखले ‘लाईसेन्स’ पाएनन्

काठमाडौँ– चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै साढे नौ लाख सेवाग्राहीले चालक अनुमतिपत्र पाएका छैनन् । सरकारलाई बुझाउनुपर्ने राजश्व रकम तिरेको एक वर्ष नाघेका सेवाग्राहीले पनि अझै चालक अनुमतिपत्र नपाएका हुन् । सरकारले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमति शुरु गरेदेखि नै सेवाग्राहीले समयमा चालक अनुमतिपत्र पाएका छैनन् । देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा […]

जाजरकोट–डोल्पा यात्रा भगवान भरोसा

जाजरकोट– एक दशकअघिसम्म डोल्पाबाट नेपालगञ्ज वा सुर्खेत गई पिठ्यूँमा नुन र खाद्यान्न बोकेर दुई महीनापछि फर्किने डोल्पावासीलाई यातायातका साधनको यात्रा भगवान्को भरोसा भएको छ । थोत्रा जीप, मनोमानी भाडा, क्षमताभन्दा तेब्बर यात्रु राखेर यातायात व्यवसायीले जीप चलाएकाले सयौँ यात्रु भगवान्को भरोसामा यात्रा गर्न बाध्य भएका हुन् । ठाउँ ठाउँमा प्रहरी चौकी नहुँदा खाने भए खा […]

लुक्लामा चार दिनदेखि उडान नहुँदा यात्रु अलपत्र

सोलुखुम्बु– तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि उडान नहँुदा यात्रु अलपत्र परेका छन् । मौसम प्रतिकूल हुँदा चार दिनदेखि कुनै पनि उडान तथा अवतरण हुननसकेको लुक्ला विमानस्थलका निमित्त प्रमुख प्रविन श्रेष्ठले जानकारी दिए । बिहानैदेखि बाक्लो हुस्सु लाग्ने तथा हल्का वर्षासमेत हुने गरेपछि शुक्रबारदेखि कुनै पनि विमानले उडान भरेका छैनन् । सोमबार सात उडान तालिका […]

बजेटपछि ४४ अङ्कले घट्यो शेयर बजार

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षको बजेटमा धितोपत्र बजारप्रति सकारात्मक सोचका साथ नीति तथा कार्यक्रम समावेश गरे पनि त्यसको प्रभाव परेको छैन । यही जेठ १५ गते आगामी आवको बजेट सार्वजनिक भएपछि शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक ४४.३२ बिन्दुले ओरालो लागेको छ । बजेटपछि बजार नौ दिन खुला रह््यो । बजेटले केही नीतिगत व्यवस्था गरेपनि […]