विदेशीद्वारा नेपाली चियाको प्रशंसा

इलाम– नेपाली चियाले अन्तर्राष्ट्रियस्तरमा अहिले पनि राम्रो बजार लिनसकेको छैन । सरकारी पक्षबाट यसमा चासो नदिएको भन्दै उद्यमी र किसानले आरोपसमेत लगाउँदै आएका छन् । तर, विदेशी चिया बिक्रेताले भने नेपाली चियाको प्रशंसा गरेका छन् । उनीहरूले नेपाली चिया प्राङ्गारिक भएको भन्दै यसलाई संसारको सबै देशमा पु¥याउन सकिने बताएका छन् । इलाम सदरमुकाममा भएको एक […]

कोरियाली भाषा परीक्षाका १० हजारको कोटामा ९२ हजारको आवेदन

काठमाडौँ– नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियाप्रति युवाको निकै आकर्षण देखिएको छ । कोरियाले सन् २००८ देखि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली श्रमिक लैजाने घोषणा गरेयता प्रत्येक वर्ष भाषा परीक्षामा सहभागी हुनेको सङ्ख्या बढेको बढ््यै छ । दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुलापन क्षेत्रमा गरी […]

आहा ! राँके

फिदिम– सडकको छेउमा रहेका पसलमा प्लाष्टिकका बट्टामा बाह्रै महीना राताम्य अकबरे खुर्सानी । मौसमअनुसार साग, इस्कुस, जरा, मटरकोसा, मुला, काउली, बन्दालगायत स्थानीय प्राङ्गारिक सागसब्जी । ललीपप, छुर्पी, घिउलगायत प्याकेटमा राखिएका स्थानीय दुग्ध उत्पादनहरु । विभिन्न प्रकारका प्रारङ्गारिक चिया । चिमफिङ, टिम्बुर, खनक्पालगायत स्थानीय जडीबुटी । पूर्वीपहाडमा उत्पादन हुने मौसमअनुसारका किबी, सुन्तला, स्याउलगायत फलफूल । सबै […]

वर्डफ्लुका कारण ५० हजार कुखुरा नष्ट

हेटौंँडा– वर्डफ्लुुबाट प्रभावित जिल्लाका विभिन्न क्षेत्रबाट हालसम्म ५० हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ । वर्डफ्लुु प्रभावित क्षेत्रमा रहेका ४८ पोल्ट्री फार्ममध्ये संक्रमित देखिएका २८ फार्ममा रहेका उक्त परिणामको कुखुरा नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र पशु चिकित्सकसहितको टोलीले प्रभावित क्षेत्रबाट नौ हजार १५ अण्डा र […]

एकैरातमा १८ टन धुलो सङ्कलन, उपत्यकाको यी ठाउँहरुमा चल्नेछन् ब्रुमर

काठमाडौँ– काठमाडौँका सडकबाट बु्रमर (यान्त्रिक कुचो) ले एकै रातमा १८ टन धुलो सङ्कलन गरेको छ । काठमाडौँ महानगरपालिकाले गत मङ्गलबारदेखि सञ्चालनमा ल्याएको पाँच वटा बु्रमरले पहिलो रात पानीको कारण सडक सफा गर्न नपाए पनि गए राति सडक सफा गरेर उक्त परिणममा धुलो सङ्कलन गरेको हो । फागुन २८ गते इटलीबाट पाँच बु्रमर काठमाडौँ ल्याइएको हो […]

अब जमीन बाँझो राख्न नपाइने

काठमाडौं– सरकारले उत्पादनयोग्य जमीन बाँझो राख्न वा खेर जान नदिने नीति लिएको छ । हालैको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय भूमि नीति, २०७५ स्वीकृत गरेको हो । सरकारी वा सार्वजनिक जग्गाको अतिक्रमण नियन्त्रण गरी भूमिमा नागरिकको हक सुनिश्चितता गर्ने विषय उक्त नीतिमा समेटिएको छ । राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय […]

सिंहदरबारमा थन्किएका १५१ गाडी सदुपयोग

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिंहदरबारभित्र रहेका बिग्रिएर थन्किएका १५१ गाडी सञ्चालन लागि विभिन्न ठाउँमा पठाएको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले वर्षौंदेखि थन्किएका गाडीलाई मर्मत गरी चलाउनका लागि प्रदेश तह, स्थानीय तह र प्राविधिक शिक्षालयलाई दिइएको जानकारी दिए । उनले ती निकायले आफैँ मर्मत गरी सञ्चालन गर्नका लागि दिइएको बताए । “वर्षौंदेखि बिग्रिएर […]

नेप्से दुई अङ्कले बढ्यो

काठमाडौँ– शेयर बजारमा सुधारको क्रम जारी रहेको छ । पछिल्लो दिनमा सामान्य अङ्कले वृद्धि भएको बजारमा आज कारोवार मापक नेप्से परिसूचक २.०१ विन्दुले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार बढेर एक हजार १४४.५३ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३२ विन्दुले बढेर २४३.४९ विन्दुमा पुगेको छ […]

मधुवाले फलफूल किसान चिन्तित

बर्दिबास– आफ्नो बगैँचाका आँपका रुखमा पात नदेखिने गरी मज्जर (मञ्जरी फूल) खेलेको देख्दा दङ्ग परेका महोत्तरीका फलफूल किसान अहिले मधुवा (आँप, लिची र रुखकटहरसहितका फलमा फूल खेल्दै लाग्ने डढुवा रोग) बढेपछि पिरोलिएका छन् । आँपमा मज्जाले मज्जर खेल्दा राम्रो उत्पादन हुने आश पालेका यहाँका किसान अहिले आँपका फूल मधुवाले डढाएर सुक्न थालेपछि किसानको पिरालो बढेको […]

छुटपुर्जीको व्यवस्था नहुँदा भारतीय गाडीधनीलाई सास्ती

वीरगञ्ज– विआर २७ भि ३९२७ भारतीय नम्बरको गाडी लिएर सीमावर्ती भारतको सिकटा बजारबाट वीरगञ्जतर्फ आइरहेका अभिशेष कुमारले पश्चिमी पर्साको भिष्वा छोटी भन्सार कार्यालयमा छुटपुर्जीको लागि गाडी रोकछन् । तर, पछि थाहा हुन्छ, भिष्वा छोटी भन्सार कार्यालयमा छुटपुर्जी काटने व्यवस्था छैन । नजिकै रहेको प्रहरीचौकी भिष्वामा अन्ततः गाडी प्रवेश गराएर अभिशेष गन्तव्यतर्फ लाग्छन् । यो समस्या […]