स्व. राजा वीरेन्द्रको नक्सांकन बियर बेचिँदै

काठमाडौं– एक स्वीस कम्पनीले स्व. राजा वीरेन्द्रको फोटो अंकित बियर बिक्रि गरिरहेको छ । ‘वीरेन्द्र बियर’को नाममा वीरेन्द्रले हातमा बियर लिएर मुस्कुराउँदै गरेको राजा वीरेन्द्रको फोटो राखेको छ भने पृष्ठभूमिमा पाँच तले मन्दिर पनि देखिन्छ । Turbinenbräu नामको स्विस कम्पनीले उत्पादन गरिरहेको यो बियरलाई स्पाइस्ड–हर्ब्ड स्टाइलको बियरको श्रेणीमा राखिएको छ। यसको एउटा बोतलको मूल्य १.८५ […]

कालिका मन्दिरमा एक महिना मै २८ लाख भेटी

बागलुङ– यहाँस्थित प्रसिद्ध कालिका भगवती मन्दिरमा गएको चैत महिनामा २८ लाख ९० हजार भेटी संकलन भएको छ । नगद भेटी, बोका, राँगो, कुखुराको टाउको, चामल, परेवा बिक्री र आर्थिक सहयोगसहित गरी सो रकम उठेको हो । १५ लाख ६९ हजार नगद भेटी चढेको मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । दुई हजार १०० जोडी परेवा […]

यार्सागुम्बा संकलन गर्न ५ सय दस्तुर थपियो

त्रिपुराकोट, डोल्पा– हिमाली जिल्ला डोल्पामा यार्सागुम्बा संकलनका लागि यस वर्षदेखि यार्सागुम्बा संकलन दस्तुरमा अतिरिक्त पाँचसय रकम तिर्नुपर्ने भएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, स्थानीय सरकारका प्रमुख, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवाला पक्षसहित निकुञ्ज कार्यालय सुलिगाडमा भएको छलफलको निर्णयअनुसार यस वर्षदेखि प्रत्येक संकलनकर्ताले यार्सागुम्बा व्यवस्थापन निर्देशिकाअनुसार तोकिएको रकममा अतिरिक्त पाँचसय रुपैयाँ तिर्नुपर्ने भएको […]

२०७४ सालमा तराई र हिमालमा मूल्य बढ्यो, काठमाडौँमा कम

रमेश लम्साल, काठमाडौं– पछिल्लो महिनामा हिमाल र तराईमा मूल्यवृद्धि बढेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको आठ महिनाको समग्र आर्थिक विवरणमा क्षेत्रगत उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा कम देखिएको छ । तराई र हिमालमा भने बढी देखिएको छ । क्षेत्रगत आधारमा हेर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति तराईमा ६.३ प्रतिशत, हिमालमा ६.० प्रतिशत, पहाडमा ५.६ […]

परामर्शपछि विदेशिने युवाको संख्या घट्यो

नवीनबाबु अधिकारी, सिन्धुली– सिन्धुलीमा वैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासन परियोजना सञ्चालनपछि विदेश पलायन हुने युवाको संख्यामा कमी आएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउने उद्देश्यले युवालाई आवश्यक सूचना तथा परामर्श दिएपछि विदेश पलायन हुनेको संख्यामा कमी आएको हो । सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र सिन्धुलीले वैदेशिक रोजगारका लागि जाने युवालाई निःशुल्क सीप […]

नयाँ वर्षमा टेलिकमको यस्तो अफर

काठमाडौं– नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याउने भएको छ । उक्त अफर वैशाख १ गतेदेखि वैशाख १५ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।कम्पनीले ल्याएको ह्याप्पी विकेन्ड प्याकअन्गर्तत जीएसएम,सीडीएमए प्रिपेड, पोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक अफर प्रयोग गर्न सकिन्छ । ह्याप्पी विकेन्ड प्याकअन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन १ जीबी डाटा प्रयोग गर्न सकिने […]

नदीजन्य वस्तुको चोरी निकासी रोकिएन

म्याग्दी– बेनी नगरपालिका–१ आनन्दबगरमा अबैध रूपमा कालीगण्डकी नदीबाट नदीजन्य बस्तीको उत्खनन र चोरी निकासी भइरहेको छ । सम्बन्धित निकायको अनुमतिविना उपकरणको प्रयोग गरेर नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरेर चोरी निकासी भएको हो । नदीजन्य पदार्थको उत्खननका लागि जिल्ला समन्वय समितिसँग सम्झौता गर्नुपर्ने व्यवस्था छ । आनन्दबगरमा नदीजन्य पदार्थको उत्खनन र निकासीका लागि कसैले […]

नेपाली भनेर कमसल भारतीय सुनको बिक्री

गौशाला (रासस)– महोत्तरी जिल्लाको विभिन्न शहर बजारमा भारतबाट तस्करी गरी ल्याइएको कमसल सुन नेपाली भनेर बिक्री भइरहेको रहस्य खुलेको छ । महोत्तरीको विभिन्न बजारबाट २२ र २४ क्यारेटका सुन भारत तस्करी हुने गरे पनि अहिले भारतबाटै १८ र २० क्यारेटको सुन महोत्तरीको विभिन्न बजारका सुनचाँदी पसलेले मगाएर २२ र २४ क्यारेटको मूल्यमा बिक्री गरिरहेको नाम […]

उपभोक्ता गुणस्तरहीन दूध खान बाध्य

ललितपुर– ग्रामीण क्षेत्रमा दूध ढुवानीका लागि प्लाष्टिकका भाँडा प्रयोग गर्दा उपभोक्ता गुणस्तरहीन दूध खान बाध्य छन् ।दूध प्लाष्टिकका भाँडामा राख्दा त्यसको स्वाद बदलिने पशु उत्पादन निर्देशनालयमा कार्यरत डा सुरेन्द्र झा बताउछन् । किसानले दूध दुहुँदादेखि संकलन हुने ठाउँ हुँदै शहरी क्षेत्रसम्म ल्याउनका लागि प्लाष्टिकको भाँडा प्रयोग हुने गरेको छ । पछिल्ला वर्षहरुमा निर्देशनालयले प्लाष्टिकका भाँडा […]

नेपाल टेलिकमले पनि अब सापटी दिन थाल्यो

काठमाडौं (पास)– नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने सेवा ‘नमस्ते क्रेडिट’ शुरु गरेको छ । टेलिकमद्वारा यहाँ आज आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘नमस्ते क्रेडिट’ को शुभारम्भ गरे । कम्पनीको जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा कल गर्दागर्दै ब्यालेन्स सकिएमा सापटी रकमबाट कललाई निरन्तरता दिन सकिने छ । यस्तो सापटी […]