चैते धान रोपाइँको चटारो

चितवन (पास)– जिल्लाको पूर्वी क्षेत्रमा चैते धान लगाउने चटारो शुरु भएको छ । उत्पादन पर्याप्त हुनेभएपछि सिञ्चित क्षेत्रमा कृषक चैते धान लगाउन लालायित भएका हुन् । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछानेकाअनुसार पूर्वी चितवनको रत्ननगरदेखि पिप्लेसम्म राप्ती नजिकका क्षेत्रमा चैते धान लगाउन शुरु गरिएको छ । चैतको पहिलो सातावाट चैते धान रोप्न शुरु […]

तरकारीमा विषादी लगाइएको भेटिँदा पनि कारबाही भएन

काँकडभिट्टा, झापा– तरकारी तथा फलफूलमा विषादी जाँच्ने प्रविधि भित्रिएपछि परीक्षणबाट अखाद्य र हानिकारक ठहरिएका वस्तुको पहिचान हुन थालेको छ । प्रयोगशालामा परीक्षणबाट स्वास्थ्यका लागि हानिकारक ठहरिएका वस्तुको बिक्री रोक्नेतर्फ भने हालसम्म पहल हुनसकेको छैन । कृषि विभागको बाली संरक्षण निर्देशनालयले विर्तामोडको कृषि थोकमा ‘विषादी अवशेष द्रुत विश्लेषण एकाइ’ अन्तर्गत प्रयोगशाला स्थापना गरेपछि तरकारी तथा फलफूलको […]

नेपाललाई संघीयतामा सघाउन विश्व बैंकको २६ अर्ब सहयोग

काठमाडौं (पास)– विश्व बैंकले नेपाललाई संघीयता कार्यान्वयनमा सहयोग गर्न २६ अर्ब रुपैयाँ (२६ करोड ६० लाख डलर) को कर्जा सहयोग गरेको छ । संघीयता कार्यान्वयनको क्रममा संक्रमणकालीन अवस्थाबाट अगाडि बढिरहेको नेपाललाई सघाउन बैंकको कार्यकारी निर्देशकहरुको बैठकले सहयोग रकम स्वीकृत गरेको हो । यसमध्ये २० अर्ब (२० करोड डलर) कर्जा सहयोग सार्वजनिक वित्त व्यवस्थापनको लागि प्रदान […]

मदिराको बिर्कोमा टाँस्ने राजश्वको नक्कली स्टिकर छाप्ने भारतीय कम्पनी छानविनमा

वीरेन्द्र कर्ण, वीरगञ्ज– मदिराको बिर्कोमा टाँस्ने राजश्वको नक्कली स्टिकर छाप्ने भारत कलकत्ताको एक कम्पनीलाई छानविनको दायरामा ल्याउने प्रयास भइरहेको आन्तरिक राजश्व कार्यालय वीरगञ्ज पर्साले जनाएको छ । नक्कली स्टिकर प्रकरणमा पक्राउ परेका व्यक्तिसँग विभिन्न चरणमा थप बयान लिने काम भइरहेको भन्दै प्रमुख कर अधिकृत गोपीकृष्ण कोइरालाले रासससँग भने, ‘नक्कली स्टिकर छाप्ने सो भारतीय कम्पनीको नाउँ […]

पाइलट अभावले निगमका विमान थन्किए, ४१ जनाको मागमा ११ जनाको मात्र आवेदन

सिवी अधिकारी, काठमाडौं– विमान चालक (पाइलट) अभावका कारण राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का साना विमान त्यतिकै थन्किएका छन् । निगमले आन्तरिक उडानका लागि चीनबाट ल्याएका चार वटा वाई–१२ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएका हुन् । नियमित व्यावसायिक उडानमा हुनुपर्ने विमानबाट उडान हुन् नसस्कँदा निगमलाई निकै ठूलो आर्थिक भार पर्न गएको छ । […]

इलाममा हरियो चियापत्ती टिप्न शुरु

इलाम (पास)– इलाममा चियाको पहिलो टिपाइ (फस्ट फ्लस) शुरु भएको छ । गत कात्तिक लागेसँगै बाँझी बसेर पलाउन छोडेको चिया पुनः पलाउन थालेसँगै चियापत्ती टिपाइ शुरु भएको हो । योसँगै जिल्लाका चिया कारखानाले पनि प्रशोधनको तयारी थालेका छन् । यसरी केही समयसम्म फुर्सद रहेका चिया तथा कारखाना मजदूरको कार्य ब्यस्तता अहिले ह्वातै बढेको छ । […]

कृत्रिम ऋणी खडा गरी डेढ अर्ब घोटाला, एपेक्सका अध्यक्षसहित १३ कर्मचारी पक्राउ

रमेश लम्साल र हरि लामिछाने, काठमाडौँ– कमसल धितो राखी बैंकको रकम दुरूपयोग गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एपेक्स डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्षसहित १३ कर्मचारीलाई पक्राउ गरेको छ । कमशल धितो राखी भिरालो पाखोबारी, बाटो नपुगेको जग्गाको अधिक मूल्यांकन गरी कर्जा लगानी गरेको पाइएकाले सो बैंकका सञ्चालक समिति सदस्यसहित कर्मचारीलाई पक्राउ गरिएको प्रहरीले जानकारी […]

पुवाखोला पुलको काम ९८ प्रतिशत पूरा

मंगलबारे, इलाम (रासस)– मेची राजमार्गअन्तर्गत इलामको पुवाखोलामा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ । फुटपाथसहित दुई लाइन गाडी कुद्न सक्ने पुलको काम ९८ प्रतिशत पूरा भएको हो । इलाम सडक डिभिजन कार्यालय, इलाममार्फत निर्माणाधीन यो पुल पूर्वी क्षेत्रकै पहिलो नयाँ प्रविधिबाट तयार गरिएको हो । मेची राजमार्गले पूर्वी पहाडी जिल्लालाई तराई जोड्न पुलको काम गरिरहेको […]

भोलीदेखि २० वर्ष पुराना सवारी कवाडी बन्दै

काठमाडौं (पास)– सरकारले भोली चैत १ गतेदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने नियम लगाएपछि २० वर्ष पुराना सवै सवारीहरु कवाडी बन्ने भएको छ । २० वर्ष नाघेका सार्वजनिक यातायात चैत १ गतेपछि पनि गुडेमा जफत गरी लिलाम गर्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले […]

अनियमित विद्युत् आपूर्तिले उपभोक्ता हैरान

खोटाङ– पटकपटकको विद्युत् आपूर्ति बन्दले खोटाङ र ओखलढुङ्गाका उपभोक्ता हैरान भएका छन् । लामो दूरी, जंगलको बाटो, होचो खम्बा र ठाउँठाउँमा पहिरो जाने गर्दा पटकपटक विद्युत् आपूर्ति बन्द हुन्छ । यो समस्याबाट दुई जिल्लाका हजारौँ सेवाग्राही हैरानीमा परेका हुन् । अहिले ३३ केभी प्रसारण लाइन विद्युत् विस्तार गरिएका दुई जिल्लामा करिब हप्ता दिनसम्म विद्युत् अवरुद्ध […]