स्व. राजा वीरेन्द्रको नक्सांकन बियर बेचिँदै

काठमाडौं– एक स्वीस कम्पनीले स्व. राजा वीरेन्द्रको फोटो अंकित बियर बिक्रि गरिरहेको छ । ‘वीरेन्द्र बियर’को नाममा वीरेन्द्रले हातमा बियर लिएर मुस्कुराउँदै गरेको राजा वीरेन्द्रको फोटो राखेको छ भने पृष्ठभूमिमा पाँच तले मन्दिर पनि देखिन्छ ।

Turbinenbräu नामको स्विस कम्पनीले उत्पादन गरिरहेको यो बियरलाई स्पाइस्ड–हर्ब्ड स्टाइलको बियरको श्रेणीमा राखिएको छ। यसको एउटा बोतलको मूल्य १.८५ स्विस फ्र्याङ्क हो। नेपाली रुपैयाँमा रुपान्तर गर्दा करिब २ सय रुपैयाँ पर्न आउँछ ।

स्विस वेबसाइट intercomestibles.ch का अनुसार टिमुर राखिएको यो बियरको नाम राजा वीरेन्द्रको नाममा राखिएको हो।  https://intercomestibles.ch/ यो लिंकमा गएर विस्तृतमा हेर्न सकिन्छ ।