देउमाई नगरपालिकाले मिर्गाैला पीडितलाई मासिक भत्ता दिने

इलाम- इलामको देउमाई नगरपालिकाले मिर्गाैला रोगीलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । मिर्गौलाले काम नगर्ने भएर प्रत्यारोपण गराएका बिरामीलाई नगरपालिकाले निर्वाह भत्ता दिने भएको हो । नगरप्रमुख सूर्यप्रसाद पोख्रेलले सो भत्तास्वरुप मासिक रू तीन हजार ५०० आगामी साउन महीनादेखि उपलब्ध गराउने जानकारी दिए । “साउन शुरुदेखि नगरभित्र मिर्गौला रोगीको तथ्याङ्क सङ्कलन गरिने छ । […]

विद्युतीय चुरोटले मस्तिष्कको तन्तुलाई नष्ट गर्छ

वासिङ्टन– परम्परागत सुर्ती सेवनको विकल्पमा प्रयोग हुने गरेको ई–चुरोट (विद्युतीय चुरोट)ले पनि स्वास्थ्य जोखिम निम्त्याउने गरेको वैज्ञानिक अनुसन्धानले देखाएको छ । ई–चुरोटले खासगरी मस्तिष्कको स्नायु प्रणाली र तन्तुमा ठूलो क्षति पुग्छ । आई–साइन्स जर्नलमा प्रकाशित अध्ययनमा बयस्क मुसामा गरिएको परीक्षणमा यस्तो नतिजा देखिएको उल्लेख छ । मस्तिष्कका तन्तुमा विद्युतीय तरल पदार्थ, एरोसोल वा निकोटिन मिसिए […]

छात्रामा अनौठो समस्या, १२ छात्रा एकैसाथ बेहोस भएर ढले

लम्की- कैलालीको भजनी नगरपालिका–१ स्थित महुन्याल माध्यमिक विद्यालय भजनीमा अध्ययनरत छात्रामा अनौठो समस्या देखिएको छ । बिहानीको विद्यालय समयमा छात्राहरू बर्बराउने, मान्छे नचिन्ने, छट्पटाउने र बेहोस हुने गरेका छन् । कक्षा ७ र ८ मा अध्ययनरत १३ देखि १८ वर्ष उमेर समूहका १२ छात्रा सोमबार बेहोस भएका हुन् । उनीहरूको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार […]

आज नयाँ स्वास्थ्य नीति २०७६ सार्वजनिक (के छ नीतिमा)

काठमाडौँ- संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हक आम नागरिकले उपभोग गर्न पाउने अवसर सिर्जना गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ स्वास्थ्य नीति २०७६ सार्वजानिक गरेको छ । सङ्घीय संरचनाअनुरूप सबै किसिमका स्वास्थ्य प्रणालीलाई विकास, विस्तार र सुधार, सबै तहका स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवाको गुणस्तरमा सुधार, सहज पहुँच सुनिश्चित, अति सीमान्तकृत वर्गलाई समेट्दै सामाजिक स्वास्थ्य सुरक्षा पद्धतिलाई […]

बुद्धशान्तिले २५ श्ययाको अस्पताल बनाउने

भद्रपुर- झापाको बुद्धशान्ति गाउँपालिकाले २५ शय्याको अस्पताल निर्माण गर्ने भएको छ । निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजनसमेत गरेको छ । गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले आगामी आर्थिक वर्ष २०७६/०७७ मा अस्पताल बनाउन रु. ५० लाख विनियोजन गरेको जानकारी दिए । चालू आवमा आवमा यही शीर्षकमा रु.३० लाख बजेट छुट्याइएको थियो । इलामको पहाडी र झापाको समथर […]

काठमाडौंको फोहर हप्ता दिनदेखि नउठ्दा राजधानीमा दुर्गन्ध फैलँदै

काठमाडौँ- उपत्यकाका नदीलगायत चक्रपथ सफाइ अभियान निरन्तर जारी रही स्वच्छ राजधानी बनाउन सहयोग पुगेपनि हप्ता दिनदेखि फोहर नउठ्दा दुर्गन्धित बनेको छ । फोहर नउठ्दा राजधानीका चोक चोकमा थुप्रो जम्मा भएको छ । वर्षायाम भएकाले फोहरका कारण संक्रामक रोग फैलन सक्ने भय उत्पन्न भएको छ । राजधानीको सडकमा निस्कन सक्ने अवस्था छैन । नुवाकोट जिल्ला ककनी […]

गाईपालक किसानले जान्नै पर्ने महत्वपूर्ण कुराहरु के–के हुन ?

काठमाडौं- पछिल्लो समय युवावगको गाईपालन प्रति आर्कषण बढ्दो छ । गाईपालन गर्नु भन्दा पहिले गाईको आहारविहार, स्यार सुसार बिरामी भए औंषधिदेखि उत्पादित दूधको बजारीकरण साथै मलमूत्रलगायतको व्यवस्थापन सम्बिन्ध जान्न जरुरी छ । आउनहोस् यसै जानकारीको लागि कृषि व्यवस्थापन सूचना प्रणलीले तयार पारेको बुदाहरु पढौं । १. नेपालमा पाईने गाईका उन्नत जातहरु के के हुन ? […]

सहासले बाँचेको जीवनः ‘चटपट बेचेर डायलायसिस’

बलेवा (रासस)– बागलुङ–पोखरा राजमार्गको मध्यभागमा पर्ने लुम्लेमा चिया, नास्ता र खानाका लागि बिसाएका सवारी साधनका यात्रुले देख्ने अनुहार हो– ‘गोलमान गुरुङ’ । कास्कीको अन्नपूर्ण गाउँपालिका–६स्थित लुम्लेको सडक छेवैमा रहेको ‘गुरुङ खाजा घर’को देब्रेपट्टि गुरुङले चनाचटपट बेच्न थालेको धेरै भएको छैन । खाजा, खाना र चियाका लागि बिसौनी बनेका लुम्लेका कयौँ साना होटल तथा रेष्टुँरामध्येको एक […]

भक्तपुरमा बर्डफ्लु, २ हजार ९०० कुखुरा नष्ट

भक्तपुर– भक्तपुरका एक कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ । बर्डफ्लु भेटिएपछि सूर्यविनायक नगरपालिका दधिकोट तर्खगालको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्ममा रहेका कुखुरा नष्ट गरिएको छ । उक्त फार्ममा २८ हप्ता पुगेका कुखरामा एचवानएनवान बर्डफ्लु भएको भेटिएपछि प्रहरीको रोहबरमा दुई हजार ९८५ कुखुरा, १५० किलो दाना र अण्डा वैज्ञानिक तरिकाले नष्ट गरिएको भेटेनरी अस्पताल पशु सेवा विज्ञ […]

राजधानीकै स्वास्थ्य संस्थामा कर्मचारी र औषधि अभाव

काठमाडौँ– सङ्घीयता कार्यान्वयनसँगै गाउँ गाउँमा सिंहदरबार पुगेको भनिए पनि राजधानीकै नगरपालिकाका सामुदायिक स्वास्थ्य संस्थामा कर्मचारी र निःशुल्क औषधि नभेटिएको सेवाग्राहीको गुनासो छ । गोकर्णेश्वर नगरपालिकाका एक प्राथमिक स्वास्थ्य केन्द्र, चार स्वास्थ्यचौकी र एक शहरी स्वास्थ्य केन्द्रमा निःशुल्क औषधि र कर्मचारीको अभाव भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयले औषधी पठाउञ्जेल सहजै पाइए पनि नगरपालिकामार्फत् वितरण गर्ने […]